ओलीले उठाएनन् रोहिंग्या शरणार्थीका कुरा

प्रकाशित मिति : २०७५ मंसिर १४

काठमाडौं । नेपालमा आयोजित एशिया प्यासिफिक समिटमा नेपालका प्रम ओलीले रोहिंग्या शरणार्थीका बारेमा कुनै पनि कुरा उठाएनन् । नेपालमा म्यानमारबाट लखेटिएपछि करीब ३०० रोहिंग्या शरणर्थीहरु काठमाडौंको कपनमा बस्दै आएका छन् । नेपालमा एशियाका शीर्ष नेताहरु आफ्ना साझा मुद्दाहरुमा छलफल गर्दै छन् भन्ने सुनेपछि रोेहिंग्याले आफ्ना कुराहरु आफूहरुले शरण लिइरहेको देश नेपालका
प्रधानमन्त्रीले म्यानमारकी नेतृ आङशाङ सुकीकहाँ पुर्याइदेऊन् भनी विभिन्न माध्यमहरुबाट खबर पुर्याएका थिए ।

शिखर सम्मेलनमा भाग लिनका लागि बिहीवार साँझ नै सुकी सुटुक्क काठमाडौं आइपुगेकी थिइन् । हल्लाखल्ल्ला नगरिकन भएको सुकीको आगमनसँगै कुरा एक कान दोकान भई फैलिएको थियो । शुक्रवार भएको छलफलमा रोहिंग्याका बारेमा केही पनि कुरा नउठाइएको थाह पाए पछि रोहिंग्याहरु निकै निराश बनेका छन् ।

उनीहरुले म्यानमारमा आफूहरुको घरबास भएको, जग्गाजमिन भएको र आफूहरु तिनै घरहरुमा फर्कन चाहेको बताइरहेका छन् । तर शिखर सम्मेलनमा जलवायु परिवर्तन, क्षेत्रीय शान्ति तथा मैत्री लगायतका विषयहरुलाई साझा चासोहरुको विषयहरु बनाएर छलफल गरिएको छ ।
यस अघि भारतको सहयोगमा तात्कालिन भुटानी सरकारले नेपालीहरु लखेट्दा झापामा आई बसोबास गरेका र हालसम्म पनि त्यहाँ केही मात्रामा रहेका शरणार्थीहरुका बारेमा कुनै पनि आवाज उठाउन सकेको छैन ।