देजमो कास्कीका अध्यक्ष त्रिपाठी पक्राउ, अविलम्ब रिहाई गर्न पार्टी र मोर्चाको माग

देजमो कास्कीका अध्यक्ष त्रिपाठी पक्राउ, अविलम्ब रिहाई गर्न पार्टी र मोर्चाको माग

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कास्कीका अध्यक्ष भोजराज त्रिपाठीलाई प्रहरीले विना कारण पक्राउ गरी प्रहरी हिरासतमा राखेर चरम मानसिक यातना दिइरहेको छ । मोर्चासम्बद्ध अखिल नेपाल क्रान्तिकारी सुुकुम्बासी संघ कास्कीको तर्फबाट ४ नं. प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउन सुकुम्बासी संगठनका सयौं सदस्यहरुको सहभागितामा नारा जुलुससहित प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङको कार्यालय पुगेका त्रिपाठीलाई मंसिर १० गते प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको बुझिएको छ । प्रहरी प्रशासनले पक्राउ गरिएको पुष्टि गरे पनि कारणबारे केही खुलाउन चाहेन ।

मोर्चाको जिल्ला कार्यायल र क्रान्तिकारी माओवादीको कास्की जिल्लाका अनुसार राजनीतिक पूर्वाग्रह राखी त्रिपाठीलाई पक्राउ गरिएको भन्दै अविलम्ब विनाशर्त रिहा गर्न पार्टी र मोर्चाले माग गरेको छ । क्रान्तिकारी माओवादी तथा मोर्चा र सम्बद्ध संगठनहरुको पछिल्लो दिनमा पोखरालगायत कास्की जिल्लामा बढ्दै गएको प्रभावलाई रोक्न तथा क्रान्तिकारीहरुको मनोवल गिराउने उद्देश्यले त्रिपाठीलाई पक्राउ गरिएको उनी सम्बद्ध पार्टी तथा मोर्चाका नेताहरुको भनाइ छ । त्रिपाठीको गिरफ्तारीको विषयलाई लिएर जिल्लामा क्रियाशिल मानवअधिकारवादी संघ संगठनले पनि चासो व्यक्त गरेका छन् ।