दाङमा हार्डवेयर व्यवसायी पुनको हत्या

दाङमा हार्डवेयर व्यवसायी पुनको हत्या

सांकेतिक फाेटाे

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१३ को सेवा खोला पुलनजिक गएराति एक व्यवसायीको हत्या भएको छ ।

स्थायी घर रोल्पा भई हाल घोराहीको वडा नं १४ माथिल्लो बसपार्कनजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी ८ बजेतिर पुन बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेले बताए ।

हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको भएता पनि उनी अझैं अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए । मृतक पुनको टाउको, छातीमा ठूलो घाउ थियो ।