काठमाडौं । सुन्धारामा एक नीजि कारले ठक्करदिँदा १२ जना घाइते भएका छन् । नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्किदै गरेको बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिँएको महानगरीय प्रहरी बृत्त जनसेवाले जानकारी दिएको छ । कार चालक भेषराज पौडेलले भने कारको ब्रेक फेल भएर दुर्घटना भएको भन्र्दै प्रहरीसामू स्पष्टीकरण दिएका छन् ।
कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।