सन्दीपको टीम केरलालाई टी–१० क्रिकेट लिगको प्लेअफमा पुग्न जित्नै पर्ने

सन्दीपको टीम केरलालाई टी–१० क्रिकेट लिगको प्लेअफमा पुग्न जित्नै पर्ने

काठमाडौं । यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो चरणको खेलमा नेपाली बलर सन्दीप लामिछानेको टिम केरला नाइट्सले आज नर्दन वारियर्ससँग खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ । सुपर लिगको पहिलो खेलमा पराजित भएको साविकको विजेता केरला आज जित निकाल्दै प्लेअफमा पुग्ने आशा जीवितै राख्ने लक्ष्यमा छ । केरला ४ खेलबाट ३ अंक जोडेर सातौं स्थानमा रहेको केरलालाई प्लेअफको सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।

लिगमा यसअघिको खेलमा केही महंगो सावित भएका सन्दीप प्रतियोगितामा धेरै विकेट लिने खेलाडीको सूचीमा छन । उनले ४ खेलमा ६ विकेट लिएका छन् । उनले पञ्जावी टिम विरूद्द २ ओभरमा २८ रन खर्चिए । त्यसअघिका तीन खेलमा ६ विकेट लिएका सन्दीपमा आज पनि टिम निर्भर हुनेछ ।