काठमाडौं । ओली सरकारले नेपालको कालापानीलगायत सीमा इलाकाको १०,०१८.९६५ वर्गकिलो मिटर जमीन भारतलाई बुझाएको विरुद्धमा काठमाडौं जिल्लाका देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र क्रान्तिकारी युवा लिग नेपालले संयुक्त रुपमा महानगरमा नक्कली नक्सा प्रयोगविरुद्धको अनुगमन भव्यरुपमा सम्पन्न गरेका छन् । ओली प्रधानमन्त्री भएपछि भारत र नेपालका तर्फबाट इपीजी गठन गरी नेपालको भूगोल भारतीय सीमाभित्र पारेर कथित एपीजीले कुरा टुंग्याएपछि ओली सरकाबाट देशभर छ्याछ्याप्ती फिंजाइएका नक्कली नक्सा प्रयोगविरुद्ध अनुगमनको यो अभियान चलाइएको हो ।

हार्दिक शुभकामना !

संघीय आम निर्वाचन र त्यसपश्चात् बहुमतको सरकार गठनमा गर्न भारतीय मोदीको सरकारले पुर्याएको आर्थिक, नैतिक र भौतिक सहयोग बापत वर्तमान प्रम केपी ओलीले सन् १९५० देखि हालसम्मका सबै सन्धिसंझौताहरु कार्यान्वयन गरिने भनी वचन दिएर आएका थिए । अहिले ओली सरकार यिनै देश र जनताविरोधी सन्धिसंझौताहरु कार्यान्वयनको हर्कतमा लागेको छ । नेपालको साबिक क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भएकोमा हाल १,३७,१६२.३७ किलोमिटर देखाइएको छ ।

अनुगमनको क्रममा सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगी देजमो तथा क्रान्तिकारी युवा लिगका जिल्ला अध्यक्षहरु खगेन्द्र छन्त्याल र असल तामाङले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा स्मरणपत्र हस्तान्तरण गरेका थिए । हस्तान्तरण गर्नुपूर्व खगेन्द्र छन्त्यालले उक्त स्मरणपत्र वाचन गरी सुनाएका थिए । त्यसपछि नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्लाका इञ्चार्ज सुरेश श्रेष्ठले नेपालको मदन पुरस्कार प्राप्त वुद्धिनारायण श्रेष्ठले तयार आधिकारिक नक्सा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

स्मरणपत्र हस्तान्तरण गर्नुपूर्व अध्यक्ष छन्तेलले देशको भूगोल गुम्न नदिन सबै उठी बस्नुपर्ने कुरामा जोड दिएका थिए । काठमाडौंका पार्टी इञ्चार्ज सुरेश श्रेष्ठले राष्ट्रियता, माटो र सार्वभौमसत्ता हामी सबैको साझा भएकाले जो जहाँ भएपनि एकजुट भएर सहकार्य गर्न अनुरोध गरेका थिए । स्मरणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले कर्मचारीका तर्फबाट देशको माटोको रक्षा तथा सार्वभौमसत्ताको बचाउका लागि काम गरिइ नै रहेको स्मरण गराउँदै यो सबैको साझा चिन्ताको विषय भएको कुरामा जोड दिएका थिए । आइपरेमा आफूहरुको तर्फबाट कुनै पनि कमी नहुने कुरा पनि बताएका थिए ।

त्यसपछि अनुगमन टोली महानगरीय पहरी परिसर टेकुमा पुगेको थियो । स्मरणपत्र हस्तान्तरण गर्दै देजमो काठमाडौंका अध्यक्ष छन्तेल र युवा अध्यक्ष पाख्रिनले सुरक्षर्मीहरुसँग आफूहरु मिलेर देश र सीमा बचाउको अभियानलाई साझा बनाएर लैजान अनुरोध गरेका थिए । काठमाडौंका पार्टी इञ्चार्ज सुरेश श्रेष्ठले जो जहाँ भए पनि माटो रहे हामी नेपाली रहने भएकाले सहकार्यको हात अघि बढाउन अनुरोध गरेका थिए । स्मरण पत्र बुझ्दै महानगरीय प्रहरी परिसर प्रमुखले देश सबैको साझा भएकाले यो चिन्ता पनि सबैको साझा नै भएको मन्तव्य दिएका थिए ।

 

त्यसपछि लगत्तै महानगरपालिकाको कार्यालय सुन्धारामा पुगेको टोलीले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई स्मरण पत्र तथा नक्सा हस्तान्तरण गरेको थियो । स्मरण पत्र र नक्सा हस्तान्तरण गर्दै सहयोग तथा सहकार्यका लागि महानगरको निकै ठूलो भूमिका रहनसक्ने बताइएपछि त्यसलाई आफूहरुबाट कुनै पनि असयोग नहुने र सहकार्यका लागि सदासाथ रहने बताइएको थियो । मेयर शाक्यले नेपाल नै नरहे नेपालीहरु पनि नरहने भन्दै यो सबैको गम्भीर चासोको विषय भएको बताएका थिए ।

अनुगमनको क्रममा दिउँसो बानेश्वरस्थित नापी विभागमा पुगेको अनुगमन टोलीले आफ्नो स्मरण पत्र तथा नक्सा हस्तान्तरण गरेको थियो । सुरुमा बुझाइएको नक्सा लिन अलि हिच्किचाए पनि त्यसपछि नापी विभागका उपमहानिर्देशक प्रकाश जोशीले गलत नक्सा प्रयोगमा आएको थाह भएपछि नापी विभागले पनि सरकारी कार्यालयहरुमा अनुगमन गरिरहेको बताउँदै यो नेपालीहरुको साझा चिन्ताको विषय भएको बताएका थिए । उनले नापी विभागले गर्ने विविध कामहरुमध्ये एउटा टोपोग्राफिकल विभाग अन्तर्गत सीमाइलाकाको नक्शा पनि बनाउने र सीमा अनुमन तथा नाप पनि लिने कार्य पर्ने बताएका थिए । उनको आशय थियो विवादित सीमा इलाकाका लागि भिन्ने र अधिकारप्राप्त विभाग वा बोडी बनाए नेपालका लागि हित हुने थियो ।

त्यहाँबाट कोटेश्वर शान्ति नगरस्थित एन्प्याब्सनको कार्यालयमा पुगेर एन्प्याब्सनका कोषाध्यक्ष श्याम योञ्जनलाई भेटी स्मरणपत्र तथा नक्सा हस्तान्तरण गरिएको थियो । एन्प्याब्सन अन्तर्गत देशभर रहेका शैक्षिक संस्थाहरुमा नेपालको नक्कली नक्सा हटाउन र सक्कली नक्सा राख्न सामुहिक पहल गरिदिनु अनुरोध समेत गरिएको थियो । कोषाध्यक्ष श्याम योञ्जनले आफूले र आफ्नो संस्थाले गर्नसक्ने सहयोग पूरै गर्ने भनी आश्वासन दिंदै देशको माटोको रक्षा गर्नु एक नागरिकको हैसियतले निकै महत्वपूर्ण रहेको बताएका थिए ।

त्यसपछि गोंगबुस्थित प्याब्सनको कार्यालयमा पुगेर प्याब्सनका बरिष्ठ उपाध्यक्ष राम केसीलाई स्मरणपत्र तथा नक्सा हस्तान्तरण गरिएको थियो । स्मरण पत्र तथा नक्सा हस्तान्तरण गर्दै सहकार्यका लागि यो संस्था अन्तर्गत् देशभर रहेका शैक्षिक संस्थाहरुबाट नेपालका नक्कली नक्साहरु हटाउन सहयोगका लागि अनुरोध गरिएको थियो । प्याब्सनका वरिष्ठ उपाध्यक्ष केसीले देश नेपाल र नेपालीहरुको हो । देश बचेमात्र हामी बच्न सक्नेछौं भन्दै देशभर यो संस्था अन्तर्गत रहेका शैक्षिक निकायहरुमा नक्कली नक्सा प्रयोग नगर्न सामूहिक पहल पनि गरिने बताएका थिए ।

ताहाचलस्थित जिल्ला शिक्षा समन्वय इकाईमा पुगेर जिल्ला शिक्षा अधिकारीलाई भेटी जिल्लाभरका सामुदायिक शैक्षिक संस्थाहरुमा नेपालको नक्कली नक्सा हटाउन सहयोग गरिदिनुहुन अनुरोध गर्दै स्मरण पत्र र नक्सा हस्तान्तरण गरिएको थियो । नक्कली नक्सा प्रयोगको कुरा पहिल्यैदेखि आएको र आफूहरु पनि त्यसबारेमा सतर्क रहेकाले सरकारले टाँग्नका लागि नक्सा नै नपठाएको प्रसंग जिल्ला शिक्षा अधिकारीले उप्काएका थिए । भित्तामा टाँगिएको नक्सा छ्वालीले बनाइएको भनेर देखाउँदै यो उपहारको रुपमा आएको कलात्मक नक्साा भएको बताएका थिए । चलिरहेको सक्कली नक्सा प्रयोगको अभियान सकारात्मक भएको बताउँदै उनले यसमा सबै नेपालीहरुको सहयोग रहने पनि बताएका थिए ।

के छ स्मरण पत्रमा ?

उपरोक्त सम्बन्धमा सुगौली सन्धिअनुसार हाम्रो देशको नक्शा, सिमाना सुनिश्चित छ । उक्त नक्शानुसार नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. रहेको छ । भारतीय विस्तारवादद्वारा रातारात सिमा स्तम्भहरु उखेली नेपालतिर च्याप्ने, गण्डकी नदीको प्रवाह परिवर्तन भएपछि सुस्ता महेशपुरमा भूमि अतिक्रमण गर्ने, नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरादेखि कालापानी, लिपुलेकसम्म अतिक्रमण गरिएको छ । यसरी नेपालको सिमानामा भारतद्वारा ७६ ठाउँमा अतिक्रमण गरिएको छ ।

विगत ०३६ सालमा नेपालको नापी विभागबाट लिम्पियाधुरा नभएको तर लिपुलेक र कालापानी भएको नक्शा प्रकाशित गर्ने काम भयो । यसले दार्चुला जिल्लामा मात्रै ३९० वर्ग कि.मि. क्षेत्रफल घटाउने काम भएको छ । हाल भारतले प्रकाशित गरेको र नेपालमा सरकारी कार्यालयदेखि सबै ठाउँमा छयाप्छ्याप्ती प्रयोग भइरहेको नेपालको नक्शामा लिपुलेक र कालापानी नेपालबाहिर पारिएको छ । जसको कारणले मात्रै ६२ वर्ग कि.मि. भूभाग कम हुन पुगेको छ । नेपालको निशान छापमा पनि लिम्पियाधुरा, लिपुलेक र कालापनी नभएको नेपालको नक्शा प्रयोग गरिएको छ । हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको शाखाद्वारा ०७४ मा प्रकाशित “गाउँपालिका तथा नगरपालिकाहरुको संक्षिप्त परिचय” नामक पुस्तिकामा ७५३ स्थानीय निकायको क्षेत्रफल जोडेर नेपालको क्षेत्रफल १,३७,१६२.०३५ वर्ग कि.मि. देखाएको छ । जुन नेपालको वास्तविक क्षेत्रफलभन्दा १०,०१८.९६५ वर्ग कि.मि. कम छ ।

यसरी नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दामा हाम्रो संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौं र क्रान्तिकारी युवा लिग, नेपाल काठमाडौं संवेदनशीलताका साथ स्थानीय निकायहरुमा गलत नक्शा प्रयोग नगर्न र लिम्पियाधुरासहित भएको नेपालको सही नक्शा र सही निशान छाप प्रयोग गर्न अनुरोध गर्दछ । अन्यथा हाम्रो संगठनहरुको नेतृत्वमा जनताबाट सो गलत नक्शा हटाउन हामी बाध्य हुने कुरा पनि अवगत गराउन चाहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर