पुनर्जिवित हुँदै कोइराला गुट

पुनर्जिवित हुँदै कोइराला गुट

काठमाडौं । पुरानो पार्टी नेपाली कांग्रेस बढी गुटहरुमा विभाजित छ । गुटैगुटहरुको पार्टी रहेको र ती गुटहरु पनि स्थायी जस्ता भएकाले कांग्रेसका समर्थक तथा शुभचिन्तकहरु झट्ट खुल्न र भावनात्मक कुराहरु आदानप्रदान गर्न हिच्किचाउँछन् । उनीहरु कतिपयले त कुन आफ्ना विचारसँग मिल्ने नेताहरु हुन् त्यो पनि थाह पाउँदैनन् ।

तर यस्तो अवस्थामा कांंग्रेसीहरु सकेसम्म आफूहरुलाई सम्हालेर राख्ने अभियानमा लागेका छन् । यसका लागि उनीहरुले आआफ्ना मान्छेहरु जहाँ छन्, त्यही भेला र कार्यक्रम गर्दै हिंड्ने गरेका छन्् । पुराना संझना, रितिथिति, परम्मपरा कांग्रेसीहरुका लागि सामाजिकरणका विषयहरु बनेका छन् ।

यसैलाई समातेर कोइराला परिवार विराटनगरस्थित कोइराला निवासमा जम्मा भएर आफ्ना निकटका मानिसहरुसँग भला कुसारी गर्न भ्याएका छन् । यसलाई कांग्रेसीभित्र केइराला गुटको भेला भनी नामाकरण गरिएको छ । कोइराला निवास विराट नगरमा शेखर कोइराला, शशांक, कोइराला र सुजाता कोइरा एकै ठाउँमा उभिएर कोइराला परिवार अब एक भएको सन्देश दिन खोजेका छन् ।

तर यसलाई अन्य गुटहरुले अनिस्टको रुपमा लिएका छन् ।