
काठमाडौं, कात्तिक २९ । नेपाल हस्तकला महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १६औँ हस्तकला व्यापार मेला र १४औँ हस्तकला प्रतियोगिता सुरु भएको छ ।
मेलामा ४५ जिल्लाका दुई सयभन्दा बढी स्टल रहेका छ । जसमध्ये भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टल रहेको आयोजकले जनाएका छ । मेला सञ्चालनका लागि १ करोड खर्च लाग्ने र २५ लाख रुपैयाँ सरकारले तथा १ लाख रुपैयाँ उद्योग वाणिज्य महासंघले सहयोग गरेको जनाइएको छ ।
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन् ।