बाजी

बाजी

 

बाजी थाप्न, मार्न
कसैले
बाज्या थाप्छन्
कसैले
अजी थाप्छन्
बाज्या र अजी हाल्ने
उखान मात्र रहेछ 

कसैले बाजी हाल्छन्
जित्नका लागि,
कसैले बाजी हाल्छन्
हार्नका लागि,
बाजी हाल्दा
हारजित भैहाल्छ
हैसियत नभएकाले
के बाजी मार्नु
हैसियत भएकाले
बाजी मारिहाल्छ

बाजीमा
त्रासहुँदा पीडा भएन
गाँस छुट्दा पनि भएन
दास हुँदा पनि भएन
आशमर्दा बढी भयो
किनभने
कोही बाजी मार्छन्
नैतिक रुपमा,
कोही बाजी मार्छन्
भौतिक रुपमा,
कोही बाजी मार्छन्
आर्थिक रुपमा,
यति नै चिजको
समिश्रण गर्न खोजेको

तर,
दम छैन बाजी थाप्ने
कम छैन बाजी मार्ने
बाजी मार्न त
मन थियो
मर्नु र बाँच्नु बनाई
बाजी मार्नुअघि
टाट पल्टिइयो

त्यसैले,
बाजी मार्न सकिएन
आफू त परियो
बाजी थाप्ने मात्र
अरु त प¥यो
बाजी मार्न खोज्ने
कुन रुपमा थापियो
कुन रुपमा मारियो
रुपमा एउटै भए पनि
सारमा फरक फरक रहेछ

के गर्ने

पहिलो बाजी थापियो
झट्का लाग्यो
दोस्रो बाजी थापियो
छाती च्यातियो
तेस्रो बाजी थापियो
मुटु नै फुट्यो

अब
नैतिक, भौतिक, आर्थिक
रुपमा बाजी हालियो
के गर्ने
हार र जित
अन्धकारमय छ !