काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई भौतिक योजना तथा विकास मन्त्रीबाट बर्खास्त गरेका छन् । बजेट र ठेक्का पट्टाको विषयलाई लिएर पौडेल र स्थापितबीच चर्कै भनाभन भएपघि घटनाले यो रुप धारण गरेको थियो । जानकारीमा आएअनुसार यी दुई जिम्मेवार मन्त्रीहरु बीचमा लामै समयदेखि शीतयुद्ध चल्दै आएको थियो ।
समयका हिसाबले बुधबारको मन्त्रिपरिषद् बैठकमा स्थापितले पौडेलमाथि केही असन्तुष्टि पोख्दै जाँदा उत्तेजित भएर गालीगलौज सम्म पनि गरेका थिए । मुख छोडेर गालीगलौंज गरेपछि मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ आएर यी सबै सविस्तार विन्ति बिसाएका थिए ।
पौडेल र ओलीको भेट संयोगले अस्पतालको बेडमा भएको थियो । स्थापितसँग आफूले काम गर्न नसक्ने बताएपछि महिलामाथिको यौन दुव्र्यवहार गरेको आरोप समेत लागेको स्थापितलाई पौडेलले कार्वाही गरेका छन् ।
स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम कारवाही गरिएको हो ।