किन रोए प्रम ओली महन्थ ठाकुरका अगाडि ?

प्रकाशित मिति : २०७५ आश्विन २३

काठमाडौं । प्रधानमन्त्री ओली राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरका अगाडि रुन पुगेका छन् । भेटघाटका क्रममा ठाकुरका अगाडि रुन पुगेका ओलीले आफ्नोभन्दा पनि आफ्नो कुर्सीको आयु कमहुँदै गएको महसुस गर्न थालेका छन् ।

उनको मन्त्री मण्डलले राम्रो गरी सोच्न पनि छाड्न थालेको छ । देशको नीति निर्माण गर्ने सरकारी संयन्त्रमा नै सबैभन्दा ठूलो समस्या देखिएको छ । समस्याको जड स्वयम् प्रधानमन्त्री नै बनेका छन् । उनको प्रहरी संयन्त्र नेपाली समाजबाट तिरस्कृत तथा आशंकित छ । मेरुदण्डरुपी कर्मचारी प्रशासनमा पनि ढाड खिइएको अवस्थामा छ । कार्यकारी तहमा रहेकाहरु नजराना नचढाएसम्म कुनै पनि काम गर्न तोक लगाउने र सदर गरिदिने अवस्थामा छैनन । देश भ्रस्टाचार र कालो बजारीले खर्लप्पै निलेको छ ।

ओली प्रदेश र स्थानीय तहलाई भारतको इशाराअनुसार अलिकति पनि अधिकार दिने सोचमा समेत् छैनन । उनले काठमाडौंबाटै थोकमा थप बेच्न बाँकी रहेका हिमाली तथा पहाडी भूभागमा बगिरहेका गण्डकी, कोशी तथा कर्णाली र यिनका हजारौं सहायक नदीहरु बेच्न भारतको स्वार्थ मुताविक अधिकार हस्तान्तरणका विरुद्धमा छन् । देशमा जनताबाट पूरै बहिस्कृत र दिल्लीको नाकेडोरीका कारण ओली मोदीको ‘रातो घोंडा’मा परिणत हुँदै गएका छन् ।

निरन्तर पाउ पुज्दापुज्दै बनेको यस्तो कमजोर अवस्थामा पनि ‘दक्षिण दाहिना’ हुन छाड्नु र यही बेलामा अलिकति मात्र धकेलिदिए पनि खेल खत्तम हुने दाउँमा लाग्न थाल्नु प्रम ओलीका लागि पक्कै पनि अशुभ संकेतहरु हुन् । ईश्वर प्रदीप्त भए पनि नेपालको अवस्थाले उनलाई सहज बनाएको छैन । समस्या झल्झली देखिने प्रचण्ड प्रकृतिका रहेका छन् ।

त्यसैले यो खबर ‘त्यहाँ उप्रान्तसम्म पुगोस्’ भनेर आधिकारिक स्रोत भेटेरै उनी ठाकुरका अगाडि रोएकोमा कसैले द्विविधा लिनु नै पर्दैन । यो कुरा पुग्ने ठाउँसम्म पुग्छ । निगाह भएमा छिट्टै हुँदै गरेको रामजानकीको विवाहमा अर्को नदी नजराना चढाएमा र दिल्लीबाट पठाएको नक्कली सिमाना र नक्सा कायम गरेमा कुर्सीको आयु थपिने संभावना पनि नकार्न सकिदैन ।