लमजुङ पहिरोमा परेका दुईको मृत्यु

प्रकाशित मिति : २०७५ भाद्र २८

लमजुङ, भदौ २८ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ ।  पहिरोबाट उद्धार गरी उपचार गराउने क्रममा एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापाको मृत्यु भएको हो ।

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ ।