यतिखेर नेकपा बाबुसावको पाटीका दुईनम्बरी नेता कामरेड कालिकोटे काजी भ्mयालखानामा कोचारिएका छन् । सरकारी नेकपाका दुईनम्बरी नेता तीर्थाटनका लागि गुज्जरभैय्याका मुलुकतिर सवारी चलेको बेला एकीकृत युद्धको घोषणा गरेका नेकपा बाबुसावका दुईनम्बरी नेता भने फुटबल हानिएझैँ यो जिल्लाबाट त्यो जिल्ला र त्यो जिल्लाबाट ऊ जिल्ला गर्दै पुलिसले हुत्याउँदै भ्mयालखानाको हावा ख्वाउँदै हिँडाएको छ । काठमान्डुमा झ्याप्प समातिएका कामरेडलाई सर्वोच्च अदालत (सअ)ले किन समातेको कारण देखाऊ (कादे) आदेश गर्दै तुरुन्त छोड्नु भनेर आदेश ग¥यो । अदालतबाट निस्कनै लाग्दा ढोकैबाट बुटबर्दीधारीले फेरि भ्mयाप्प पा¥यो । त्यसपछि उनलाई नुवाकोट लगेर भ्mयालखानामा कोच्यो । त्याँबाट पनि छोड्नु भनेर अदालतले आदेश ग¥यो । बुट्बर्दीवालाले हस् साप भन्दै फेरि क¥यापकुरूप पारेर कुदायो भोजपुरतिर । फेरि सअले थोरातिनो पैसा राख र उसलाई छोड भन्यो । कामरेड कालिकोटे काजीले पैसोसैसो पनि बुझाए । तर बुटबर्दीले मान्दै मानेन । सअलाई टेर्दै टेरेन । फेरि समातेर कुदायो दाङतिर । ऐले कामरेड कालिकोटेलाई दाङको भ्mयालखानामा लगेर कोचेको छ । यो हो लोकतान्त्रिक गणतन्तरको असली करामत । पटक पटकको सअ (सर्वोच्च अदालत)को आदेश नमानेपछि गृह मन्तरी उर्फ डण्डा मन्तरी (डम) लाई अदालतमै हाँजिर गराएर उनीसित यस विषयमा बयान लियो । प्रस्तुत छ अदालत र निज डण्डा मन्तरी (डम) बिच भएको सवाल जवाफ :
सअ : ठ्वाक ठ्वाक ठ्वाक अडर अडर अडर । मान्ने डण्डा मन्तरी ! अदालतले पटक पटक अभियुक्तलाई निर्दोष भनेर छोड्दा पनि किन समातेर भ्mयालखाना कोचेको ? अदालतलाई नटेर्ने ? यहि हो लोकतान्त्रिक गणतन्त्र ?
डम : सम्मान्ने श्रीमान् महोदय ! मने सर्खारले काँ पक्डेको छ उँम् । त्यो त पुलिस्ले पक्डेको हो चेँ उँम् । जाँसम्म लोकतान्त्रिक गणतन्त्रको कुरो छ चेँ, सर्खारमा नहुँदा लोकतान्त्रिक गणतन्त्रको कुरो हुन्च उँम्, जब सर्खारमा पुगिन्च तब ठोकतान्त्रिक गनतन्त्र हुन्च चेँ ।
सअ : सर्खारले लगाएको अभियुक्तको आरोप त हाम्रो प्रमाणमा झुट्ठा देखिन्छ नि ? किन पकडेको ?
डम : उनले हाम्रो यति राम्रो संसारकै उत्कृष्ट व्यवस्था ठोकतान्त्रिक गनतन्त्रको खिलाफमा चेँ आन्दोलन गर्ने उँम् । सर्खारको विरोध गर्नेलाई सर्खारले चेँ कार्पेट विच्छाएर स्वागत गर्ने त उँम् ?
सअ : जे भए पनि अदालतले त छोडिसक्यो नि । सरकारले अदालतको अपहेलना किन गरेको ?
डम : सर्खारको काम भनेको विरोध गर्नेलाई डण्डा लाउने हो चेँ सम्मान्ने श्रीमान्, उँम् । हाम्ले पक्डेकोलाई हाम्लाई नसोधी तपाइँहरूले चेँ किन छोडेको उँम् ?
सअ : ठ्वाक ठ्वाक, अडर अडर । अदालतलाई प्रश्न सोध्ने हैन । अदालतले सोधेको जवाफ मात्रै दिने हो । एउटा मान्छेलाई अदालतले छोड्दाछोड्दै अर्को ठाउँको मुद्दा किन लगाएको ? एकमुष्ठ मुद्दा किन नहालेको ?
डम : यो सर्खारको इच्छाको कुरो हो चेँ । हिज हामी युद्दमा हुँदा पनि त त्यसबेलाको सर्खारले यस्तै गथ्र्यो उँम् । हाम्ले त्यसैको फलो गरेको हो । एकमुष्ठ मुद्दा हाले त एउटै फैसला हुन्च चेँ, उँम् । त्यै भ’र किस्ता किस्तामा हालेको ।
सअ : अदालतले निर्दोष भनिसकेपछि किन पकडेको ? यो त अदालतको मानहानी भो । त्यसो गर्न पाइँदैन ।
डम : अदालतले पो निर्दोष भन्या हो त उँम् । सर्खारले त दोषै दोष देख्या छ चेँ । अदालतको काम अदालतले गर्ने हो सर्खारको काम सर्खारले गर्ने हो, उँम् । यसमा अदालतको मानहानीको कुरो भएन चेँ । सर्खारले अदालतलाई गाली पनि गरेको छैन । हानिपजनी पनि गरेको छैन ।
सअ : हिज जनयुद्दमा त तपाइँहरू सँगै लडेको हो । एउटै कमिटीमा बसेको हो । सर्खारमा पनि सँगै बसेको हो । आज आफ्नै साथीहरू शत्रु कसरी भए ?
डम : यो राजनीतिक प्रश्न सोध्न भएन समान्ने श्रीमान् चेँ । हिज जे भए पनि आज उनरु फेरि लड्ने भनेर हिँड्या छन् । हामी सर्खारमा बसेर डण्डा चलाछम् । उनी पनि यै सर्खार मानेर आए त उन्लाई पनि मन्तरी सन्तरी त बनाउँथेम् नि । तिनले हाम्रो विरोध गरेपछि त हाम्ले पनि सकेको गर्न त प¥यो नि उँम् ।
सअ : मन्तरीको बयान सुनियो आजलाई यो मुद्दाको छलफल यहीँ स्थगित हुन्छ । टिँरररर ।
२४ भदौ २०७५