यहि भदौ १४ र १५ गते नेपालको राजधानी काठमाण्डौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास, जसलाई संक्षिप्तमा बिम्स्टेक भनिन्छ, त्यसको चौथो शिखर सम्मेलन हुँदैछ । यो शिखर सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भूटान, श्रीलंका, थाइलैण्ड र अफगानिस्तानका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुको उपस्थिति रहने छ । नेपालजस्ता देशका लागि यस्ता सम्मेलन हुनु आफैमा नराम्रो होइन्, तर यसले नेपाल–भारतबीचको मित्रता सम्बन्धमा केही गम्भीर प्रश्नहरु उब्जाएका छन् ।

हार्दिक शुभकामना !

तीमध्ये अलि गम्भीर प्रश्न ओली सरकारको समयमा नेपालको सुरक्षामाथि झन घनिभूत बन्दै गएको भारतको कालो छाया“को निरन्तरता नै हो । नेपाली जनताले गणतन्त्र ल्याए, संविधानसभाबाट आफ्नो संविधान आफै बनाउने काम गरे । र, अहिले करिब करिब दुई तिहाईको बहुमतको सरकार बनाउन सफल भए पनि । तर भयो के भने उक्त बहुमतको सरकार पनि तिनै भारतीय दलालहरुको मिलेमतोमा र नेतृत्वमा बन्न गयो । ओली जसलाई नेपाली जनताले राष्ट्र«वादी नेता भनेर निर्वाचनमा बहुमत दिए ताकि उनको नेतृत्वमा सरकार बने नेपाल अब एउटा स्वतनत्र र सार्वभौमसम्पन्न बन्ने छ ।

तर ओलीको अहिलेसम्मका गतिविधि र उनको भारतप्रतिको झुकाव देख्दा उनीबाट नेपाली जनताले जे आशा गरेका थिए, उनी त्यही ओली रहेछन्, जुनबेला उनले मध्यरातमा महाकाली सन्धि गरेर नेपालको शिर झुकाएका थिए । अहिले जसरी यो सम्मेलनमा ओलीले मोदीको सुरक्षाको नाममा जे जस्ता छुट भारतका लागि दिएका छन्, त्यसले के स्पष्ट बनाएको छ भने ओलीको सरकार पनि भारतीय इशारामा चल्न छाडेको छैन र उसको आफ्नै सुरक्षा संयन्त्रमाथिको अविश्वास कायमै छ भन्ने हो । नेपालमा सधैभरि दिल्लीको इशारामा कामगर्ने सरकारको उपस्थिति रहंदै आएको छ ।

अहिले नेपाल र नेपाली जनतामाथि दमन गर्नका लागि नेपाली जनताले करीब दुईतिहाई मत दिएर ओलीको नेतृत्वमा सरकार बनाएका पो रहेछन् भन्ने स्पष्ट बन्दै गएको छ । उनको काम त देशको बिग्रिएको राष्ट्रियतामाथि दिल्लीको गिद्देदृष्टि झन् घनिभूत बन्दै लैजाने काममा मद्दत गर्ने पो रहेछ भन्ने प्रमाणित हुँदै गएको छ । ओली नेतृत्वको सरकार जसले शान्ति, सुरक्षाको निहुँ बनाएर नेपाली जनतामाथि गोली बर्साउन पञ्चायतभन्दा पनि आफूलाई अगाडि देखाएको छ, तर आफूलाई भारतीय सुरक्षा संयन्त्रको छातामुनि सुरक्षित ठान्दछ भन्ने एउटा प्रमाण हो ।

यसलाई झन् बलियो गरी विगतमा मोदीको भ्रमण र अहिलेको भ्रमणका दौरानमा मोदीको सुरक्षाका लागि भन्दै भारतीय सुरक्षाकर्मी काठमाण्डौंमा जम्मा हुन थालेका छन् । मोदीको भ्रमण अघि नै भारतीय सुरक्षा कर्मी काठमाण्डौं आइपुगेका छन् । अन्य सबै राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्न हुने÷सक्ने तर मोदीको सुरक्षाका लागि भारतीय कमाण्डो फोर्स नै चाहिने ? उनको लागि गाडि पनि उतै बाट आउने र कमाण्डो फोर्स पनि । यसका पछाडिको प्रमुख पक्ष बिमस्टेकमाथि भारतीय दादागीरी र नेपाल अझै भारतीय सुरक्षा घेराभित्र छ भन्ने नै हो । सार्कमा उसका लागि पाकिस्तान एउटा बाधक बनेर रहेको अवस्था थियो । तर यो बिम्स्टेकमा भने उसको दादागिरी नै चल्ने सबैको आँकलन छ ।

नेपालका प्रधानमन्त्रीलाई जनकपुरमा मोदीले भाइसाब भनिसकेको अबस्थामा दिल्लीको आशिर्वादमा महाकाली देखिचल्दै आएका ओलीजस्ता नेतालाई नेपाली जनताले दुईतिहाई मत दिनुको अर्थ नेपालको राष्ट्रियता बलियो नभई झन झन कमजोर बनाउन दिने हो भन्ने स्पष्ट भएको छ । ओलीले के बुझेको देखिएन भने मोदी त एक जना भारतीय सरकारका प्रधानमन्त्री भए, उनका लागि एउटा जम्बो कमाण्डो फोर्स आउन दिने तर अन्यका लागि त्यस्तो व्यवस्था नहुनुले अन्यको सुरक्षामाथि यी कमाण्डोको कालो छाया“ं पर्न गएमा त्यसको जिम्मेवारी को हुने ? यदि ती राष्ट्रप्रमुखले किन भारतीय सेनामात्रै हामी पनि त भारतको सुरक्षा फौजबाट आफूलाई असुरक्षित छौं भने त्यसको जवाफ ओलीले कसरी दिने छन् ?

यद्यपि बिम्स्टेकका अन्य राष्ट्रमाथिको दिल्लीको कालो छायाँ कम छैन । अलिकति फरक देखिएका श्रीलङ्का र थाइलैण्ड हुन । ती पनि पाकिस्तानले जत्तिको बलियो हैसियत राख्न सक्दैनन् । यदि यस्तै हो भने यस्तो सम्मेलनले भारतको सुरक्षा दादागिरीलाई अझ झन प्रष्ट रुपमा बाहिर ल्याउने काम गर्ने स्पष्ट छ । ओलीको हैसियत यतिसम्म पनि कमजोर छ कि मोदीको सुरक्षाका लागि भारतबाट के कति सुरक्षा फौज नेपाल आउने हुन् ? तिनीहरु पहिलेजस्तै हातहतियारले लैस भएर कमाण्डो ड्रेसमा नेपाल भित्रिने हुन कि सिभिलमा त्यति सम्म नेपाली जनतालाई जानकारी दिने उनले आवश्यक ठानेका छैनन् । नेपाली जनताको मतमा सरकार बनाएको त उनका लागि नेपाली जनतामाथि गोली बर्साउन तर दिल्लीको लागि सुरक्षा दिन हो त ?

नेपालका हरेक सरकार बनाउनेमा नेपाली जनताको मत होइन, भारतको चाकडीको बलियो हात छ भन्ने आम नेपाली देशभक्त राष्ट्रवादीहरुले भन्दै आएको अहिलेको ओली सरकारबारे पनि सत्य देखिन गएको छ । यसरी अहिले हुन गइरहेको बिम्स्टेक सम्मेलनमा स्पष्टसित मोदीको हैसियत सबै सहभागीको भन्दा उच्च रहेको देखाउन यो हरकत गरिंदै छ । नेपालका लागि मात्रै नभई बिम्स्टेकका सबै देशका लागि यो एउटा चुनौती बन्न गएको छ ।

सबै सदस्य राष्ट्रको यसमा समान हैसियत छ, तर भारत यसमा पनि विशेष हो भन्ने सन्देश दिएर आखिरमा ओलीले बिमस्टेकलाई नैदिल्लीको एउटा छाता संगठनमा विकास गर्न खोजेको त होइन ? यसो गरेर मोदीले अन्य सबै सदस्य राष्ट्रभित्रका राष्ट्रवादीहरुका लागि बहस र भारतको असल छिमेकी बन्ने भन्ने भनाइमाथि शङ्का गर्नका लागि बलियो खुराक दिएका छन् । बिम्स्टेकका सबै सदस्य देशभित्र रहेका राष्ट्रवादीहरु (भारतभित्रका पनि) बीचमा यसबारे बहसको आवश्यकता छ ।

hukumsingh2012@yahoo.com

प्रतिक्रिया

सम्बन्धित खवर