काठमाडौं । भदौ १५ र १६ गते नेपालमा हुन गइरहेको बिम्स्टेक शिखर सम्मेलनका लागि नेपालले आफ्नो चारघेराको सुरक्षा प्रणाली रहने बताएको छ । सुरक्षाको यस्तोखाले प्रणाली नेपालमा हालसम्म प्रयोग पनि गरिएको थिएन । यो नौलो पनि हो ।
यो प्रणाली अनुसार आन्तरिक र भित्री घेरामा नेपाली सेना रहने छ । यो भन्दा पहिले नेपाली सेना सधैं बाहिरी घेरामा रहने गरेको थियो । भित्री घेरा सेनाको बनेपछि त्यसबाहिर नेपाल पुलिसको रहने बताइएको छ । त्यसको बाहिर तेस्रो घेरामा सशस्त्र प्रहरीको रहने छ । र, सबैभन्दा बाहिर अनुसन्धानको सुरक्षा निकाय परिचालन गरिने बताइएको छ ।
तर अहिलेको सबैभन्दा डरलाग्दो र असमान सुरक्षा व्यवस्था भनेको यी चारैघेराभित्र ‘कोर’मा भारतीय कमाण्डो फोर्स रहने भएको छ । यो नेपालको गाइजात्रा सकिए लगत्तै ओली सरकारको सुरक्षा गाईजात्राका रुपमा अभिव्यक्त हुन गएको छ ।
आम नेपाली जनतामा कौतुहलता जागेको छ कि भारतको बुख्याँचाका रुपमा खडा गरिएका ओली र उनको सरकारले सन् १९५० लगायतका सबै असमान सन्धि संझौताहरु कार्यान्वयन गर्ने कसम खाएर आएपछि नेपाललाई स्वतः भारतीय सुरक्षा छातामुनि राख्न भारतीय प्रधानमन्त्री मोदीले विभिन्न बाहनामा पटक पटक नेपाल भ्रमण गर्ने गरिरहेका छन् ।
यस पटकको बिम्स्टेक सम्मेलनमा त मोदीले नाङ्गै सैन्य हस्तक्षेप गरेर बिम्स्टेकका सबै सदस्यहरुलाई नेपालमाथि आफ्नो प्रभुत्व देखाउने भएका छन् ।