काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाले खुलामञ्चस्थितको बसपार्क गेटमा एउटा सूचना जारी गरेको छ, ‘बिमिस्केट सम्मेलनको पूर्व तयारी, ट्राफिक व्यवस्थापन र बसपार्क मर्मतका लागि १२ देखि १६ गतेसम्म बसपार्क बन्द हुनेछ ।’

यो बसपार्कबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका अन्य जिल्लामा जाने बस छुट्छ । तर बिमिस्टेकको कारण देखाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले खुलामञ्चको बसपार्क ५ दिनको लागि बन्द गरिएको जानकारी दिएको छ ।
कहाँबाट मिलाइएको छ त बन्दोबस्ता ?

हार्दिक शुभकामना !

पुरानो बसपार्कबाट छुट्ने बसहरु बालाजुस्थितको नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ । अरनिको तथा बिपी राजमार्ग भएर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुंगा लगायतका जिल्लामा जाने यात्रुले ५ दिन भने सास्ती भोग्नुपर्ने भएको छ ।

बिमस्टेक शिखर सम्मेलनका पाहुनाको आवागमनलाई सहज गर्न सर्वसाधाराणको पहुँचको बसपार्क बन्द गरिएको हो । तर अचम्मको कुरा के छ भने टिकट काट्न भने खुलामञ्च नै पुग्नुपर्छ । खुलामञ्चमा रहेका काउन्टरमा टिकट काटेर बस चढ्न भने नयाँ बसपार्क पुग्नु पर्ने अव्यवहारिक नियम बनाइएको छ । उपत्यकाभित्रका सवारी साधनलाई भने पार्किङ नगरी गाडी घुमाउन र यात्रु झार्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर