काठमाडौं । १३ वर्षीया अबोध बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा सिंगो गृहमन्त्रालय तानिएको शायद यो पहिलो घटना होला । अपराधीको खोजबिनभन्दा पनि ढाकछोपमा एक महिना नै बित्यो । गृहमन्त्रीले कर्फ्यु लगाउन र गाली प्रहार गर्न निर्देशन दिए । दर्जनौ निर्दोष स्थानीय घाइते बनाइए । एकजना युवा विद्यार्थीको समातेर ताकेर हानी हत्या गरियो ।
आखिरमा गृहमन्त्रालयले एक छानबिन आयोग गठन गर्यो । निर्मलाको बलात्कारपछि हत्यामा संलग्नहरु जोगाउन लागिपरेका एस्पी र सीडीओसहित अन्यलाई फिर्ता बोलाइयो । नयाँ त्यहाँ पठाइए । तर छानबिन आयोग अहिले सुतेकोे छ ।
सुरक्षाका लागि भनेर पुलिसको कार्यालयमा ल्याइएका बम दिदीबहिनीहरुमाथि छानबिनका लागि म्याद थपिएको भन्नु बाहेक केही पनि गरिरहेको छैन । एस्पी विष्ट र कञ्चनपुरे मेयर का छोराभतिजालाई छानबिनमा बोलाइएको छैन । निर्दोष नपरोस् तर दोषीलाई राज्यले उन्मुक्ति नदेओस् । तर छानबिन अलमलमा छ ।
सत्ताधारी नेता भीम रावलको ‘घुसपैठ’को ‘पावर’ पनि घटनाका दोषीलाई लुकाउन र चोख्याउनतिर प्रयोग हुन थालेको स्थानीयले बताएका छन् । छुचा स्वभावका र अघिल्तिरको भाग मात्र देख्ने रावल विस्टहरुका नातेदार र चिनजानका मान्छे पनि भएको स्थानीयको गुनासो छ ।
यो भन्दा पनि ठूलो कुरा त गृहमन्त्री रामबहादुर थापा बादल स्वयम् यो काण्डका प्रत्यक्ष वा अप्रत्यक्ष भागिदार बनिसकेका छन् । जनताले हेरिरहेका छन्– सरकारले यो घटनाको ढाकछोप गर्छ वा निस्पक्ष छानबिन ?