मैले अलिअलि राजनीतिमा चासो लिन थालेपछि क. माओको ‘संसद फटाहाहरुको गफ गर्ने अखडा हो’ भन्ने दृष्टान्त सुन्दै र पढ्दै आएको हुँ । पहिला मलाई लागेको थियो– त्यति ठूलो संसद, ठूलाठूला विद्वान नेताहरु, जनताबाट चुनिएर वा जनताको मत पाएर सिङ्गो देशको निम्ति नियम निर्माण गर्ने ठाउँमा पुगेका । संसदमा गएका मान्छेहरुको लवाईखवाई पनि भी.आई.पी, उच्चस्तरको सुरक्षा व्यवस्था, महङ्गा गाडीको सवार, सिंगारिएको संसद हल र सोहिअनुसारका मेच, टेवल आदि । यस्ता ठाउँमा बसेर बहस छलफल गर्ने मान्छेहरु कसरी फटाहा होलान् ?

यस्ता कुराले मेरो मनमा द्वन्द्व पैदा भइरहेको थियो । माओले कसरी संसदलाई फटाहहरुको गफ गर्ने अखडा भनेका होलान् जस्तो लागेको थियो । क्रान्ति नायक, दार्शनिक विचारकहरुको विश्लेषण किन गलत ठहर्दथ्यो ? २०४६ सालपछि देशमा प्रजातन्त्र आयो भनेर भनियो । चुनाव पनि गरियो । संसद गठन भयो । संसद भवनमा संसदको बैठक समयसमयमा बस्नुका साथै छलफल हुन थाल्यो ।
सञ्चार माध्यमबाट संसदमा छलफल भएका विषयहरु हामी जनताले थाह पाउन सहयोग भयो । संसदमा साँच्चै देशलाई स्वाधीन, समुन्नत तथा नेपाली जनतालाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारको सुनिश्चितता होइन कि यसको विपरीत निम्न विषयमा छलफल भएको कुरा छर्लङ्गै देख्न पाइयो ।

हार्दिक शुभकामना !

संसदमा सांसदहरुले यी कुराहरु गरे–

१. संसद बैठक सुरु भएपछि सर्वप्रथम जनताको रगत पसिनाबाट जम्मा भएको ढुकुटीबाट विभिन्न शीर्षक खडा गरेर आफ्नो सेवासुविधामा भारी वृद्धि गरे, पुरुष सांसदहरुले पनि सुत्केरी भत्ता समेत लिए ।
२. चुनावताका साहुमहाजन व्यवसायीहरुबाट भारी मात्रमा चन्दा लिए र चुनावपछि उनीहरुलाई सकेजति महङ्गी बढाउन छुट दिए ।
३. अर्को पटक चुनाव जित्न प्रत्येक सांसदले राष्ट्रिय ढुकुटीबाट विकास रकमको नाउँमा भारी रकम छुट्याएर आफ्ना चुल्ठे–मुन्द्रे कार्यकर्ता पोसे ।
४. नेपाली जनताले जीवनजल र सिटामोल नपाई राखेको अवस्थामा नेताहरु सामान्य ज्वरो आउँदा र टाउको दुख्दा राज्यको करोडौँ करोड रुपैँया स्वाहापार्दै विदेश भ्रमण गरे र रातो पार्सपोर्ट लाजै नमानी बेचे ।
५. कमिशनको खेलमा लोडसेडिङ सिर्जना गरेर देशलाई अन्धकारमा राखी विजुली बेच्ने तस्करी धन्दामा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भए ।
६. देशमा प्राकृतिक प्रकोपबाट भएको क्षतिमा मलम लगाउन विदेशबाट आएको राहत आफ्नो झोलामा हाले ।
७. जनताको टाउकोमा कर थपेर जनतालाई ढाड सेकाए ।
८. देशमा भएका सबै उद्योगधन्दाहरु निजीकरणको नाउँमा सबै विदेशी दलालहरुलाई बुझाए ।
९. देशका प्राकृतिक स्रोतसाधन, खोला, ताल, नदीहरु सबै विदेशीलाई बुझाए ।
१०.यो वा त्यो बाहनामा कहीँ न कहीँ आफू भ्रष्टचारमा जोडिने र भ्रष्टचारीहरुलाई राज्यको तर्फबाट संरक्षण गर्ने गरे ।
११. पदमा पुगेको बेला नातावाद र कृपावाद गर्दै आफ्ना मान्छेलाई पदमा पुर्याए ।
१२. यावत समस्यालाई लिएर अधिकार माग्ने जनतालाई गोलीले भुटेर आफैले नियमकानुनको डण्डा देखाए ।
१३. देशमा गुण्डा दलालहरुलाई संरक्षण गरेर जनतालाई दुख दिए ।
१४. कुर्ची तथा पदका लागि देशको राष्ट्रियतालाई दाउँमा राखे ।
१५. राज्यशक्तिको दुरुपयोग गरेर चुनाव हारे पनि मतपत्र च्यातेरै फेरि चुनाव गराई जिते ।
१६. समानुपातिक र समावेशी कानुनको दुरुपयोग गरेर आफ्नो परिवार, नाता र आफ्ना पक्षलाई पदमा पर््याए ।
१७. नेपाली जनता एक पेट खान र एक सरो कपडा लगाउन पाएका छैनन्, शासकहरु राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मचचाएर विलाशी जीवन बिताए ।
१८. देशमा सबै युवायुवतीलाई विदेश पलायन हुन बाध्य बनाएर रेमिट्यान्स लिएर ऐयासी बने ।

तर यी बाहेक संसदमा निम्न विषयमा कहिल्यै पनि छलफल भएन ।

१. दलालद्वारा भारतको विभिन्न कोठीमा पु¥याइएका छोरी चेलीबेटी र दलालद्वारा नै रोजगारको नाममा खाडी पु¥याइएका महिलाहरुलाई देश फर्काएर पुर्नःस्थापना तथा रोजगार सृजना गर्ने विषयमा ।
२ं. शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा नेपाली जनताको पहुँचभित्र ल्याउने विषयमा ।
३. भारतद्वारा अतिकृमित नेपाली भूमि फिर्ता गर्ने विषयमा ।
४. अन्तर्राष्ट्रिय कानुन मिचेर, सिमानामा बाँध बाँधेर नेपाली भूमि डुबानमा पार्ने भारतलाई उक्त कार्य रोक्ने विषयमा।
५. भारतीय सुरक्षाकर्मीले नेपालीलाई गर्ने हत्या गर्न रोक्न र भारतबाट मजदुरी गरेर फर्केका नेपालीहरु सिमानामा भारतीयबाट लुटिन रोक्ने सवालमा ।
६. महङ्गी रोक्न र देशलाई भ्रष्टचारमुक्त बनाउने कुरामा ।
७. खेतबारीमा जथाभावी विषादी प्रयोगमा रोक लगाएर वातावरण स्वच्छ र सफा राख्न ।
८. दलाल (बिचौलिया) प्रथा रोक्न ।
९. जनताको उपभोग्य वस्तुको दरभाउ (मूल्य निर्धारण) मा ।
१०. देशमा आफ्नै लगानीबाट उद्योगधन्दाहरु निर्माण गरेर रोजगार श्रृजना गर्ने र राष्ट्रिय उद्योगधन्दाको संरक्षण तथा संवद्र्धन गर्न ।

माथि उल्लेखित कारणले दाबीका साथ भन्न सकिन्छ, असफल संसदीय व्यवस्था फटाहहरुको गफ गर्ने अखडा हो । बाहिर जनताको बीचमा एउटा कुरा गर्ने चुनावतामा जनतामा भोट बटुल्न हामी देशलाई सिंगापुर बनाउँछौ भन्ने, तर देशको हालत यस्तो छ, सिंगापुर होइन की सिंगानपुर बनाएका छन् । दुर्गम क्षेत्रमा सबै तुइन हटाएर झोलुङ्गे पुल बनाउँछौ भने तर दुर्गममा जनता तुइनबाट जोखिमपूर्ण यात्रा गर्न विवश छन् । जेष्ठ नागरिकलाई ६० बर्षबाटै मासिक रु. ५,०००।– सामाजिक भत्ता दिन्छौ भने आखिर दिएनन् ।

यस्तै यस्तै सम्पूर्ण विषयमा झुटको खेती गर्ने संसदभित्र गएर जनविरोधी भ्रष्टचार, दलाल, राष्ट्रघात, जनघातको नीति नियमहरु पास गर्ने यसकारण संसदलाई खसीको टाउको देखाएर कुकुरकाे मासु बेच्ने थलो हो भनेर लेलिनले भन्नुभएको छ । जुन नेपालको असफल संसदीय व्यवस्था अन्तर्गतमा संसदको चरित्र सत प्रतिशत सही ठहरिन आएको हो । यसकारण पनि नेपाली जनताको रगत पसिना चुस्ने संसदीय व्यवस्थालाई ध्वस्त पारेर जनवादी समाजवादी व्यवस्था स्थापना गर्न अनिवार्य बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर