काठमाडौं, भदौं ५ । यस वर्षको यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह परेका छन् ।
यस पटक बार्सिलोनाका कप्तान लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् ।
३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क्रममा विजेता घोषणा हुनेछ ।