अखिल नेपाल आदिवासी जनजाति महासंघको १ नं. प्रदेश अध्यक्षमा केवि फुदोङ निर्वाचित


धरान । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासि जनजाति महासंघ एक नं. प्रदेसको प्रादेशिक भेला सुनसरीको धरानमा सम्पन्न भएको छ । भेलाले केवि फुदोङ्गलाई प्रदेशको अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले फुदोङको अध्यक्षतामा २१ सदसिय प्रदेश समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा योगेन्द्र राजवंशी, सचिवमा गौरव राई, कोषध्यमा सुमित्रा चौधरी रहेका छन् भने सदस्यहरुमा पारस सुव्वा, प्रेम राई, पदम तामाङ्ग, रंगी मगर, कमला मगर, कुल वहादुर श्रेष्ठ, ध्रुव राई, नगेन्द्र नेङ्गवाङ्ग, सुरेन्द्र मेयाङ्गवो, सन्तोष राई, महल राईलगायत रहेका छन् । उराउ, धिमाल, याख्खा, शेर्पा लगायतका जातिबाट पछि थप गरिने छ ।

भेला महासंघका केन्द्रीय महासचिव नगेन्द्र राईको प्रमुख आतिथ्यमा तथा केवी फुदोङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य मनोज श्रेष्ठ, डिल्ली वोहोरा, विगेसोका अध्यक्ष पदम लिम्बुको समेत उपस्थिति रहेको थियो । भेलाले नेपाल आदिवासि जनजाति महासंघ पहिचान विरोधीहरुको कित्तामा उभिई सकेकोले आम आदिवासी जनजातिहरुको अधिकारको लागि अखिल नेपाल आदिवासि जनजाति महासंघले संघर्ष गर्ने निर्णय समेत गरेको छ ।