
इटहरी । अखिल नेपाल आदिवासि जनजाति महासंघ एक नं. प्रदेसले २४ औ विश्व आदिवासि दिवस सुनसरीको ईटहरीमा एक अन्र्तक्रिया गरी मनाएको छ । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव नगेन्द्र राईले आदिवासि जनजातिको अधिकार र पहिचान प्राप्तिका लागि संयुक्त आन्दोलन विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव राईले आदिवासि जनजाति आन्दोलन सिथिल भएको, निरासा, निश्कृयता वढेको वताउनु भयो । साझा मुद्दाको पहिचान हुन नसक्नु, संयुक्त दीर्घकालीन खालको मोर्चा बन्न नसक्नु, दृष्टिकोणमा समस्या रहनु, वर्गीय र जातीय मुद्दालाई जोडन नसक्नु, जनजाति नेतृत्वमा अहमता, दम्व, हुनु, जनजाति आन्दोलन सामाजिक वा राजनैतिक भन्नेमा भ्रम पर्नु, जनजाति नेताहरु मुद्दालाई छाडेर पहिचान विरोधी तथा प्रतिक्रियावादीहरुको पिछलग्गु वन्नुले आन्दोलन धारासाही वनेको वताउनु भयो ।
कार्यक्रममा प्रा.डा टंक न्यौपाने, संघिय समाजवादी फोरमका प्रदेश सचिव केदार धिमाल, संघिय समाजवादी राष्ट्रिय मञ्चका केन्द्रीय महासचिव भुपेन्द्र सुन्दर लावती विगेसोका सभापति पदम लिम्वु, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य केदार गुरागाई लगायतका नेताहरुले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य गणेश कटवाल, डिल्ली वोहोराको समेत अपस्थिति रहेको थियो । कार्यक्रम संघका प्रदेश अध्यक्ष केवि फुदोङ्गको अध्यक्षतामा तथा मनोज श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।





























