काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कर्णाली प्रदेशले प्रदेश प्रमुख तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मोर्चाको ३८ बुँदे ज्ञापन पत्र बुझाएको छ । मोर्चाका कर्णाली प्रदेश संयोजक चक्रपाणी शर्माको नेतृत्वमा गएको मोर्चाको एक टोलीले बिहीबार मुख्यमन्त्रीको कार्यकक्षमा उक्त ज्ञापन पत्र बुझाएको हो । उक्त अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य दीपकबहादुर शाही पनि सहभागी भएका थिए ।
३८ बुँदे ज्ञापन पत्रमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरो पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, राष्ट्रघाती माथिल्लो कर्णाली जलविद्युत अयोजनाको जिएमआर कम्पनीसँगको सम्झौता खारेज गरिनुपर्ने, शिक्षामा क्षेत्रमा भइरहेको निजीकरण, व्यापारीकरण र माफियाकरणको अन्त्य गरिनुपर्ने, बढ्दो लैङ्कि हिंसा अन्त्य गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।