काठमाडौं । दक्षिण एशियाली देशहरुको साझा संगठन सार्कको लामो समयसम्म अत्तोपत्तो छैन । तर मध्य भदौमा भने बिम्स्टेकको काठमाडौंमा शिखर बैठक तय गरिएको छ ।
यसमा भारत, नेपाल, बांगलादेश, श्रीलंका, भुटान, म्यानमार तथा थाइल्याण्ड गरी सात देशहरुको सहभागिता रहने छ । तर सार्कमा भने भारत, पाकिस्तान, नेपाल, बांगलादेश, भुटान, श्रीलंका र मालद्विप्स गरी सातवटा देशहरु रहेका छन् ।
सार्कको खोजीको सट्टा बिम्स्टेक लाई भारतले प्राथमिकता दिँदा पाकिस्तान विनाको दक्षिण एशियाली साझा संगठनको खोजीमा भारत रहेको देखिन्छ । तर पाकिस्तानलाई दक्षिण एशियाको राजनीतिक शक्ति सन्तुलन मिलाउने देशका रुपमा अन्तर्राष्ट्रले लिने गरेको छ ।