उर्जा र वन, कमिसनका लागि भनाभन

उर्जा र वन, कमिसनका लागि भनाभन

काठमाडौं । उर्जा मन्त्रालय भारतबाट बिजुलीका फलामे खम्बाहरु खरिद गर्ने अन्तिम निर्णयमा पुगेको बताइएको छ । विभिन्न लटमा खम्बा ल्याउने भनी तयारी गरिरहेको उक्त मन्त्रालय पहिलो लटमा सात अर्ब बराबरको फलामे खम्बा निकासी गर्नै तयारीमा रहेको बताइन्छ ।

उर्जा मन्त्रालयका तर्फबाट वर्षा याममा काठका पोलहरु कुहिएर ढल्ने गरेको र विद्युत आपुर्तीै बन्द हुने गरेको तर्क अगाडि सारिएको छ । मन्त्रालयका कर्मचारी कुलमान घिसिङको सुझावमा यो सबै गरिन लागिएको त्यहाँका केही कर्मचारीहरु बताउँछन् ।

तर वन मन्त्रालयको तर्क भने अर्कै छ । सालका काठहरु पचासौं वर्ष खप्ने तर फलामे पोलहरु २० देखि ३० वर्षसम्ममा प्वाल परिसक्ने र काम नलाग्ने हुने भएकाले स्वदेशकै सालको खम्बा प्रयोग अति नै उचित हुने वन मन्त्रालय तर्क गर्छ ।

जानकारहरु बताउँछन्, वन र उर्जाको यो सबै कथाव्यथा जनताका सेवाका लागि भन्दा पनि कमिसनका लागि हुने गरेको हो । उर्जा मन्त्रायले भारतबाट फलामे पोल मगाउँदा कमिसन पाउने र वनले नेपालमा रहेका सालका रुखहरु ढाल्न पाए कमिसन कमाउने बताउँछन् । तर नेपालमा अहिले सिमेन्टको पोलले धनिरहेको छ ।

कर्मचारीहरु भन्ने गर्दछन्, देशमा चारजनाले बाहेक सबैले घुस र कमिसन खान्छन् । उनीहरुका अनुसार ती चारजना भनेका शहीद गेटका चार शहीदहरु मात्र हुन् ।