‘उत्तर कोरिया ब्यालेस्टिक मिसाइलको तयारीमा’ –अमेरिकी अधिकारी

‘उत्तर कोरिया ब्यालेस्टिक मिसाइलको तयारीमा’ –अमेरिकी अधिकारी

काठमाडौं ।उत्तर कोरियाको विषयलाई लिएर अमेरिकी राष्ट्रपति र उनको खुफिया अधिकारीबीच निकै जुहारी चलिरहेको छ । उनका खुुफिया अधिकारीहरुले उत्तर कोरियाले मिसाइल निर्माण गरिहेको भनेका छन् भने ट्रम्पले उत्तर कोरियाले आफ्ना अस्त्रहरु निअस्त्रीकरण गरिरहेको बताएका छन् ।
सुरुदेखि नै ट्रम्प र किमबीचको हुने भनिएको वार्ता पनि त्यति मन नपराएका उनका अधिकारीहरु ट्रम्पका क्रियाकलापका बारेमा खिसिटिउरीपूर्ण टीकाटिप्पणी पनि गर्ने गरेका छन् । तर ट्रम्पको आधिकारिक धारणा भने ह्वाइट हाउसले अझैसम्म सार्वजनिक गरेको छैन ।