काठमाडौंं । प्रत्येक दिन लगभग ५०० जनाका दरले नेपाली कामदारहरु कामका लागि जाने श्रम गन्तव्यका रुपमा रहेको मलेसियासँगको सम्बन्ध सुधारमा नेपाल सरकार लागि परिरहेको छ । हाल औपचारिक र अनौपचारिक दुवै रुपमा वार्ता संवाद भइरहेको सरकारी अधिकारीहरुले बताइरहेका छन् ।
नेपाली अधिकारीहरु यसका लागि मलेसिया जान र मलेसियाली अधिकारीहरु नेपाल आउन तयार रहेको बताएका छन् । चर्को शुल्क नलिन एकले अर्कालाई आश्वस्त पार्न थालिरहेका छन् ।
पछिल्लो चरणमा नेपालबाट मलेसियामा भित्रिने मानवसंशाधनका लागि मलेसियाली मन्त्री वा अधिारी नेपाल आउने पनि बताइएको छ । परिणाम सकारात्मक आउने सम्बन्धित पक्षहरु बताइरहेका छन् ।