काठमाडौं । नेपालका तल्लो तथा मध्य हिमाली बेल्टमा रहेका हिमतालहरु फुट्न सक्ने उच्च जोखिममा रहेका छन् । त्यसबाट तल्लो तटीय क्षेत्रमा पर्न जाने जोखिमलाई मध्यनजर गरेर आधुनिक खालका पूर्वसूचना प्रणालीहरु अझैं सम्म पनि जडान गरिएका छैनन् ।

आज भन्दा ७ वर्ष अघि नै उच्च जोखिममा रहेका भनेर किटान गरिएका ७ वटा हिमतालहरु जस्ताको तस्तै अवस्थामा रहेका छन् । त्यति बेला नै ती तालका पानी कम गर्ने, फुट्नसक्ने ठाउँमा संरक्षण वाल आदिको व्यवस्था पनि गर्ने भनिएको थियो । जोखिमको सूचीमा रहेकाहरुमध्ये च्छ्यो रोल्पा, इम्जा, बरुण र चम्जाङ रहेका छन् ।

हार्दिक शुभकामना !

हालसम्म न त ती जोखिमपूर्ण तालको पानी घटाउन प्रयास नै गरिएको छ, न त उच्च सूचना प्रणाली नै जडान गर्न । कुरा भने ठूलाठूला गरिएको पनि पाइन्छ । स्वचालित र छिटो सूचना दिने संयन्त्र जडान गरिने भनी जनतालाई दजैनौ पटक ढाँटिएको पनि छ ।

सरकार एक त स्थानीय जनताबाट अलग्गिएको छ । अर्को कुरा सरकार र सरकारी कामहरुमा जनता त्यति विश्वास नै गर्दैनन् । यसका लागि स्थानीय विश्वासिला जनताका अग्रजहरुलाई समेटेर सरकारी स्तरबाटै सचेतना अभियान चलाउनु पर्दछ । यी कार्यक्रमहरु सरकारी थाप्लोमा जिम्मा लिन भन्दा पनि स्थानीय जनताका अधिकार र कर्तव्यका रुपमा बुझाइदिनु पर्दछ ।

हरेक कार्यक्रम र त्यसमा पनि स्थानीय जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुराहरुमा जनताको सहभागिता र स्वामित्वलाई पनि ख्याल गरिनु पर्दछ । समुदायमा आधारित सोच र कार्यक्रमहरु बनाइयो भने ती बढी प्रभावकारी हुने र भनेजस्तो परिणाम पनि आउने हुन जान्छ ।

उच्च प्रविधि र न्यून प्रविधिका दुवै सूचना प्रणालीहरुले नेपालमा काम गर्न सक्ने विज्ञहरु बताउँछन् । घुमेर बग्ने लामा नदीहरुमा न्यून सूचना प्रविधिको प्रयोग गर्दा पनि मानव वस्ती बचाउन सकिन्छ । तर छोटा र ठाडा नदीहरुमा भने हाइटेकका संयन्त्रहरु जडान गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर