आर्थिक प्रलोभनमा फैलदो बाल यौन दुराचार

आर्थिक प्रलोभनमा फैलदो बाल यौन दुराचार

काठमाडौं । पछिल्लो चरण नेपालमा भ्रमणका लागि आएका केही विदेशी पर्यटकहरु बाल यौन दुराचारमा संलग्न हुँदै आएको प्रहरीले बताएको छ । लामो अनुसन्धान र उजुरीपछि यो तथ्य आधिकारिक रुपमा बाहिर आएको हो ।

नेपाली बालबालिकाहरु आर्थिक प्रलोभनमा परेर अथवा तिनका परिवारलाई आर्थिक सहयोग गरेर यस्ता काम हुने अनुसन्धानमा खुलेको छ । बसाइ र भेटघाटका क्रममा हुनजाने हिमचिम वा चिनेजानेको आधारमा वालवालिकाहरुलाई रेष्टुरेन्टहरुमा लिएर जाने र घुमाउन भनेर काठमाडौं भन्दा टाढाका स्थलहरुमा लैजाने गरिएको तथ्य पनि फेला परेको छ ।

कतिपयले त ती वालवालिकाहरुका अभिभावक विरामी हुँदा औषधिउपचार पनि गरिदिने गरेको पाइएको छ । राम्रा लुगाहरु किनिदिने, केही मीठा परिकारका खानाहरु खुवाउने र लोभ्याएर पछि लगाउने गरिएको पनि पाइएको छ ।

नेपालीहरु सरल, हँसमुखका र छिट्टै विश्वास पनि गरिहाल्ने स्वभावका भएकाले केही विदेशी दुव्र्यशनीहरु नेपालमा यस्तो कुनियत लिएर घुुम्म्न आएको पनि देखिन्छ । सरकारले बेलाबेलामा यस्ता केसहरु केही थारै बाहिर ल्याउने गरे पनि अधिकांश गुपचूपमा राखिएको पाइन्छ ।

यसमा दोषी पाइएकाहरुलाई कानुनी कठघरामा उभ्याउन पर्याप्त कानुन पनि नेपालमा नभएको भनेर पन्छिइन सजिलो भएको छ । यसका लागि नियन्त्रण र निगरानी गर्ने संयन्त्र पनि नेपालमा नभएकाले यो केस त्यत्तिकै सम्झौता र आर्थिक लेनदेनमा मिलाइने गरिएको छ । एउटा साधरण मान्यता नेपालमा प्रचलनमा हालसम्म पनि के रहिरहेको छ भने पीडित पक्षले जतिसुकै पीडाका बाबजुद पनि पीडकले पैसा हातमा राखिदिएर माफि मागेमा वा भनेको जति पैसा दिएमा सातखत पनि माफिदिइने गरिएको छ ।

यसका साथै नेपाली वालवालिकाहरुलाई यस्ता यौन दुराचारीहरुबाट बच्न सामान्य सचेतनाका कार्यक्रमहरुमा पनि सहभागी बनाइएको छैन र सचेतनाका लागि एक बचन पनि सम्झाइएको छैन ।