इमरान खान सरकार गठनको तयारीमा

इमरान खान सरकार गठनको तयारीमा

काठमाडौं । पाकिस्तानमा बुधबार सम्पन्न भएको निर्वाचनमा इमरान खानको दल पिटीआई सबैभन्दा ठूलो दलका रुपमा उदाएको छ । यसले सबैभन्दा धेरै ११४ सिट हात पारेको छ । मुस्लिम लिगले ६३ र पिपीपीले जम्मा ३९ स्थान प्राप्त गर्न सफल भएका छन् ।

भ्रष्टाचार अन्त्यको नारा दिएर निर्वाचनमा उत्रिएका खानको पार्टी बहुमत सन्निकट पुगेपछि पाकिस्तानी जनताले भ्रष्टाचारको आहालबाट मुक्ति चाहेको देखिन्छ । उनीहरुले कम्तिमा पनि खानको पार्टीलाई एउटा विकल्पका रुपमा देख्न पुगेका छन् । यो निर्वाचनले पुराना तथा रुढीबादी दलहरुलाई हटाइदिएको छ ।

विपक्षीहरु यो नतिजाबाट खुशी छैनन् । उनीहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदमा पनि सहभागी नहुने बताएका छन् । मुस्लिम लिग र पिपीपीले त पाकिस्तानी सेना स्वयम्ले निर्वाचनमा खानलाई प्रत्यक्ष रुपमा सघाएको बताएको छ ।
आफूले सरकार गठनका लागि बहुमत नपाए पनि अरु दल र स्वतन्त्र विजेताहरुसँग मिलेर सरकार गठनको अभ्यास थालेका छन् । सुविधाजनक बहुमतका उनले १३७ सिटमा विजय हासिल गर्नु पर्दथ्यो ।

निर्वाचनमा जितेर सरकार गठन गरेपछि भ्रष्टाचारको अन्त्यगर्ने, आतंकवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने उनका एजेण्डाहरु थिए । त्यो कार्यान्वयनका लागि उनका अगाडि चुनौती पनि आइ लागेका छन् ।