पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बन्ने संभावना

पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बन्ने संभावना

काठमाडौं । बुधबार पाकिस्तानमा २७२ सिटको लागि भएको आम निर्वाचनको मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पार्टी तरिक–ए–इन्साफ(पीटीआई)ले अग्रता हासिल गरिरहेको छ । मत परिणाम आइसक्दा यसले सरकार बनाउने संभावना प्रवल बन्दै गएको छ ।

पाकिस्तानी समाचार माध्यमका अनुसार अहिलेसम्म यसले ११३ सिटमा आफ्नो अग्रता हासिल गरिसकेको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ६४ सिटमा र वेनजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी(पीपीपी) ४३ सिटमा अग्रता रहेको छ ।

नेशनल एसेम्ली अर्थात् पाकिस्तानीे संसदमा ३४२ सिटको व्यवस्था छ । जसमा ६० सिट महिलाहरु र अरु १० सिट अल्पसंङ्ख्यकहरुको लागि आरक्षित पनि गरिएको छ । संसदमा बहुमतका लागि १३७ सिट आवश्यक पर्छ ।