हेलसिन्स्कीमा कुन कुन विषयमा कुरा होला ट्रम्प–पुटिनबीच ?

हेलसिन्स्कीमा कुन कुन विषयमा कुरा होला ट्रम्प–पुटिनबीच ?

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । उत्तरकोरिया र अमेरिकाको सिंगापुर वार्ता जस्तै बनेको छ हाल हुन लागेको अमेरिका र रुस वार्ता पनि । दुवैले अविश्वास पनि व्यक्त गरिरहेका छन् र वार्ताको प्रचार पनि गरिरहेका छन् । शिखर वार्ताको चार दिन अगाडि मात्र क्रेमलिनले वार्ताको बारेमा जानकारी गराएको थियो । जानकारी अनुसार अबका तीन दिनपछि फिनल्याण्डको राजधानी हेलसिन्स्कीस्थित राष्ट्रपति भवनमा ट्रम्प–पुटिन वार्ता हुने भएको छ ।

रसियाको समाचार एजेन्सी तासका अनुसार ट्रम्प एक दिनअघि आइतबार नै त्यहाँ पुग्ने छन् । तर पुटिन भने समयका हिसाबले एक दिनपछि सोमबार मात्रै त्यहाँ पुग्ने छन् । तर कति लामो समय र के के विषयमा वार्ता हुने छ भन्ने कुरा रसियाले सर्वजनिक गरेको छैन । तर जानकारी गराइएअनुसार वार्ताका लागि भने कुनै समयसीमा भने तोकिएको छैन ।

वार्ता समूहमा भन्दा पनि सिंगल सिंगल नै हुने बताइएको छ । तर दुवैले आफ्ना भाषिक सहयोगीहरु वार्तामा राख्ने छन् । वार्तापछि दुवै राष्ट्रपतिहरुले भए गरिएका समझदारीहरुमा संयुक्त हस्ताक्षर गर्ने परम्परालाई कायमै राखिने छ । वार्तापछि पत्रकार सम्मेलन गरी सम्बोधन पनि गरिने पनि बताइएको छ ।

राजनीतिक विश्लेषकका अनुसार रुस र अमेरिकाको यो द्विपक्षीय वार्तामा देशका आन्तरिक मामलासँग जोडिएका व्यापार कर बाहेक सबै कुरा अरु देशका बारेमा हुने छन् । सिरिया, इजरायल, युरोप यी दुवैका वार्ताका प्राथमिकतामा परेका छन् । सिरियामा हाल अमेरिका र रुसबीचमा नाडी छामाछामको अवस्था छ भने, इजरोयलले गरिरहेको मानव नरसंहार पनि रुसले जोडेर उठाउने छ । यसका साथै रुसले युरोपमा प्रवाह गरिरहेको ग्यास पाइपको बारेमा अमेरिका निकै क्रुद्ध बनेर प्रस्तुत भइरहेको छ ।

वर्षौदेखि रुसले युरोपमा गरिरहेको यो ग्यास सप्लाइलाई अमेरिकाले कटाएर अमेरिकी उर्जा त्यहाँ प्रतिस्थापन गर्न चाहन्छ । यो विषय रुसको पहिलो खाँचोको रुपमा वार्ता एजेण्डामा पर्ने निश्चित छ ।

वर्तामा उत्तर कोरिया, पूर्वी युक्रेन तथा इरानका साथै चीनको विषयमा प्रवेश गर्न नछुटाउने देखिएको छ । क्यानडामा भएको जी–७ को वैठकमा ट्रम्पले पुटिनलाई गुहारेपछि अमेरिकी साझेदारहरुमाझ चलेको रडाकोले पनि वार्तामा छुस्स प्रवेश पाउने जनाइएको छ ।