काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष भुमिश्वर कँडेलले एक वक्तव्य जारी गरी देशका विभिन्न जिल्लाहरुका विभिन्न ठाउँहरुमा बाढी, पहिरो र डुवानमा परी पीडित भएका जनसमुदायहरुलाई विनाभेदभाव यथाशिघ्र बसोबास, खानपिन र औषधी उपचारको व्यवस्था मिलाउन सरकारसित जोडदार माग गर्नुभएको छ ।
सोमबार अर्थात् ३२ असारमा जारी वक्तव्यमा अध्यक्ष कँडेलले दैवी विपत्तिबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै पीडित किसान तथा जनसमुदायप्रति हार्दिक सहानुभूति प्रकट गर्नु भएको छ र संगठनका केन्द्रीय समिति तथा जिल्ला समितिका साथी तथा शुभचिन्तकहरुलाई यथाशिघ्र यथाशक्य आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिन हार्दिक आव्हान गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, “देशका विभिन्न जिल्लाहरुका विभिन्न ठाउँहरुकमा बाढी, पहिरो र डुवानबाट दैवी विपत्ति भइरहेको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै पीडित किसान तथा जनसमुदायप्रति हार्दिक सहानुभूति प्रकट गर्दछ र हाम्रो संगठनको तर्फबाट यथाशिघ्र, यथाशक्य आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग गरिदिनु हुन केन्द्रीय समिति, जिल्ला जिल्लाका समितिका साथीहरु तथा शुभचिन्तक महानुभावहरुमा यो आव्हान गर्दछु ।
साथै, जिल्ला जिल्लाका पीडितहरुलाई यथाशिघ्र बासोबास, खानपिन र औषधीको व्यवस्था सरकारबाट विनाभेदभाव मिलाइयोस् भन्ने जोडदार माग गर्दछु ।”