अखिल (क्रान्तिकारी) काठमाडौ जिल्ला संगठन समितिको विशेष भेला आइतवार प्रदर्शनीमार्ग, काठमाडौस्थित नेपाल ल क्याम्पसमा भव्यताका साथ सम्पन्न भएको छ ।
भेलाले सन्तोष दाहाल “संघर्ष”को संयोजकत्वमा ३१ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । जिल्ला समितिका सदस्यहरुमा प्रतिभा सुवेदी, जितेन्द्र लम्साल, कपिल भट्ट, विनोद के.सी., रमेश खनाल, सुजन सापकोटा, मनोविज्ञान शर्मा, बासु न्यौपाने, कमल चौलागाई, सिताराम शर्मा, हेमराज शर्मा, समिर आचार्य, सुरज आचार्य, अस्मिता श्रेष्ठ, लक्ष्मण मगर, तिलक तामाङ्ग, सुनिता राई, विना चौधरी, करुणा वि.क., सुशान्त थापा, कृष्ण मिश्र, पेसल फुयाँल, निरञ्जन अधिकारी, लक्ष्मी घोरासैनी, सुजन खतिवडा, साजन तामाङ्ग, र किचुङ भोटे रहेका छन् ।
भेलाले ३ सदस्य पछि थप्ने गरी हाललाई २८ सदस्यहरु चयन गरेको छ ।
काठमाडौ जिल्लामा संगठनलाई अरु थप विस्तार गर्दै शिक्षा क्षेत्रमा भइरहेका निजीकरण, व्यापारीकरण र माफियाकरणको विरुद्धमा संघर्ष सञ्चालन गर्दै आगामी १ वर्ष भित्रै जिल्ला सम्मेलनको तयारी गरिसक्ने निर्णय पनि भेलाले गरेको छ ।
विशेष भेलामा संगठनका महासचिव राम नेपालीे प्रमुख अतिथि, देजमो नेपाल काठमाडौका अध्यक्ष क. खगेन्द्र छन्त्याल विशेष अतिथि, संगठनका पदाधिकारी पेसल दाहाल, ज्ञानु खतिवडा, कोषाध्यक्ष शिलु न्यौपाने लगायतका नेताहरुको अतिथिका रुपमा उपस्थिति रहेको बताइएको छ ।
अस्मिता श्रेष्ठले सञ्चालन गरेकी उक्त विशेष भेला कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष महेश श्रेष्ठ गरेका थिए ।