दोषीमाथि देजमोले ग¥यो कारवाहीको माग

प्रकाशित मिति : २०७५ असार २९

नवलपरासी २९ असारः नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल पश्चिम नवलपरासीले बर्दघाट २ चिसापानीको बहुमुल्य जग्गा मिलिमतो गरी कौडीको भाउमा बेचिएको भन्दै दोषी माथि कारवाहीको माग गरेको छ । वि.स. २०३४ सालदेखि स्थानीयले संरक्षण गर्दै आएको ८ विगाहा १२ कठ्ठा २ धुर तात्कालिन ग्रिन बेल्टको बहुमुल्य जग्गा कौडीको भाउमा बेचिएको भन्दै आपति जनाउदै दोषी उपर कारवाहीको माग हो । देजमो–नेपालका जिल्ला संयोजक राजु प्रसाद खनालद्वारा शुक्रवार जारी बिज्ञप्तिमा सो जग्गा बिक्री गरिनु स्थानीयवासीको भावनामाथि बज्रप्रहार गर्ने र राजस्व छल्ने हर्कत भएको जनाइएको छ ।

बिज्ञप्तिमा स्मरण गरिएको छ – उक्त जग्गा २०३४ सालमा सुनवलको मच्छरमाराबाट बसाई आएका र सो समयमा पञ्चायती राज्यसत्ताको बिरुद्ध पौठेजोरी खेलेका संर्घषशील भुमिहीन सुकुम्वासी जनताहरुको संर्घषद्वारा संरक्षित जग्गा रहेको ब्यहोरा पुनः स्मरण गराउन चाहन्छौ– उल्लेख गरिएको छ । सो बिज्ञप्तिमा बर्दघाट नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्रको सार्वजनिक सम्पति बिक्री हुदाँ मौन बस्नु र थाहा छैन भन्नु गैरजिम्मेवारपुर्ण अभिब्यक्ति भएको आरोप लगाइएको छ । बिज्ञप्तिमा थप भनिएको छ– स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्र रहेको जग्गा टेण्डर भई बिक्री हुदाँ समेत थाहा छैन भन्नु कतिको जायज हो वा गैर जिम्मेरवारी पुर्ण अभिब्यक्ति हो ? यसको जवाफ खोज्नु आजको आवश्यकता भएको छ । भनि प्रतिप्रश्न गरिएको छ । बिज्ञप्तिमा स्थानीय जनताको भावना माथि खेलवाड भएको र दोषी माथि कारवाही नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने जनाइएको छ ।