
काठमाडौं, असार २८ । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण डुबानमा परेका बस्तीका नागरिकहरुलाई उद्दार गर्ने क्रम जारी रहेको छ । उद्दारका लागि नेपाली सेनाको टोली र अन्य सामाजिक संस्थाहरु लागि रहेको । बाढीका कारण भक्तपुरको जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ । डुंगासहितको सेनाको टोली उद्दारका लागि परिचालित भइरहेको छ ।
यस्तै, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पनि डुबानमा परेका छन् । बस्ती डुबानमा पर्दा घरमा फसेका नागरिकको उद्दारका लागि सेनाको टोली खटिएको हो । बाढीका कारण घरहरुको पहिलो तला डुबेको छ । डुबानमा परेपछि घरमा रहेकाहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।