
एजेन्सी । विश्वको नम्बर १ सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । सामसुङले उत्तर प्रदेशको नोएडामा उक्त प्लान्ट स्थापना गरेको हो ।
सामसुङको उक्त कारखानाको उत्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले सँगै गरेका छन् । सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा उक्त उद्योग स्थापना गरेको हो ।
किन आयो भारतमा सामसुङ ?
चीन र अमेरिका जस्ता सम्पन्न देशहरुलाई छाडेर सामसुङले यति ठूलो मोबाइल कारखाना किन भारतमा स्थापना गर्यो ? भन्ने अहम् प्रश्न छ । जबकी चीन विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादक देश हो । चीनमा सबैभन्दा सस्तो देखि सबैभन्दा उच्च गुणस्तर सम्मका मोबाइल फोन उत्पादन हुने गर्दछन् । जसका कारण चीन विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादन हब बनेको छ । यहाँ विश्वका धेरै कम्पनीका कारखाना रहेका छन् ।