काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वाञ्चल विश्वविद्यालय संयोजक सूर्य कार्कीलाई पितृ शोक परेको छ । कार्कीका ६३ वर्षीय बुबा कृति कार्कीको उपचारको क्रममा शनिबार काठमाडौंमा निधन हुन पुगेको छ ।
टक्सार–८, भोजपुर निवासी कृति कार्की लामो समयदेखि पेटको क्यान्सरबाट पीडित भई नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारत थिए । उनको शनिबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । विद्यार्थी नेता कार्की उनका एक मात्र सन्तान हुन् ।
दिवङ्गत कार्कीप्रति अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, विद्यार्थी सङ्गठनका अध्यक्ष सेवन्तराज भण्डारी लगायत पार्टी तथा विद्यार्थी नेताहरु आर्यघाट पुगेका थिए ।