इंग्लाण्ड र क्रोएसिया विश्वकपको सेमिफाइनलामा, कहाँ चुक्यो रसिया र स्वीडेन ?

प्रकाशित मिति : २०७५ असार २४

काठमाडौं, असार २४ । शनिबार राति भएको पहिलो खेलमा स्वीडेनलाई २–०ले हराउँदै इंग्लाण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डलाई सेमिफाइनलको यात्रा तय गर्नमा ह्यारी मागुरेको ३० औं मिनेटको र डेल अलीको ५९ औं मिनेटको गोलनै निर्णायक गोल बन्यो ।
स्वीडेनले पाएको राम्रा राम्रा अवसरहरुलाई गोल परिणत गर्न नसक्दा उसले आफ्नो सेमिफाइनलमा जाने सुनौलो अवसर क्वार्टरफाइनलमै सिमित गर्नुप¥यो । स्वीडेनको लागि इंग्लाण्डका गोलकिपर जोर्डन पिकफोर्ड निकै महँगो सावित भए उनले स्वीडेनको ३ वटा उत्कृष्ट प्रहार बचाउ गराएर र टिमको जित सुनिश्चित गरे ।

इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।

उता, शनिबार रातिनै भएको दोस्रो खेलमा आयोजक रसियालाई टाइबे्रकरमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश भएको छ । क्रोएसियाले रसियालाई टाइबे्रकरमा ४–३को गोल अन्तरले हरायो ।

रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए ।

तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान ¥याकिटिकले गोल गर्दै क्रोएसियालाई सेमिफाइनलमा र्पुयाए ।
निर्धारित ९० मिनेटको खेलमा १–१को बराबरी भएपछि अतिरिक्त थप समयमा पनि दुबै टोलीले एकएक गोल गरे । खेलको ३१ औं मिनेटमा डेनिस चेरसेवले गरेको उत्कृष्ट गोलबाट रसियाले अग्रता लिए पनि त्यसको लगत्तै ८ मिनेटपछि क्रोएसियाले क्रमारिकको गोलले खेललाई बराबरीमा फर्कायो ।

निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०० औं मिनेटमा भिडाले गोल गरे । फेरि खेल सकिन ५ मिनेट बाँकी छँदा फर्नान्डेजले रसियाका लोभलाग्दो बराबरी गोल गरेका थिए ।

तर रसियाले टाइबे्रकरमा गोल गर्न नसक्दा सेमिफाइनलमा जाने आफ्नो सुनौलो मौका रसियाले गुमायो । यो सँगै अब सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएशिया भिड्नछन् भने अर्को खेलमा फ्रान्स र बेल्जियम भिड्ने छन् ।