दक्षिणी थाइल्याण्डमा डुङ्गा दुर्घटनाहुँदा ७ को मृत्यु ५० बेपत्ता

दक्षिणी थाइल्याण्डमा डुङ्गा दुर्घटनाहुँदा ७ को मृत्यु ५० बेपत्ता

एजेन्सी । दक्षिणी थाइल्याण्डको एक समुद्रमा डुङ्गा दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् ।थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले बैंककबाट शुक्रबार यस्तो जानकारी दिुनभएको प्राप्त समाचारमा जनाइएको छ ।

करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । यस दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन । बिहीबार भएको यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको भने पुष्टि भएको छ । मृत्यु भएकामा प्रायः सबैजसो चिनियाँ पर्यटक भएको बताइएको छ ।

हराएकामा पनि धेरैजसो चिनियाँ पर्यटक परेका प्राप्त समाचारमा जनाइएको छ । दुर्घटनाग्रस्त भएको सो डुङ्गाबाट उद्धार गरिएका ९४ जना यात्रुमा ७६ जना चिनियाँ पर्यटक रहेका छन् ।

यस दुर्घटनामा घाइते भएका ११ व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ भने हराएकाको मध्येको खोजी तिब्र गतिमा भएको र यस कार्यको लागि थाइ प्रहरी, सैनिक, नौसना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ ।