शक्तिका कति भोका छन् प्रधानमन्त्री ओली !

शक्तिका कति भोका छन् प्रधानमन्त्री ओली !

 

 

 

 

 

 

 

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको ने क पा को पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नै मातहतमा विकास निर्माणका सबै कामहरुको नियमन र अनुगमन गर्ने संयन्त्र बनाएर अनुमोदन गराएका छन् । सचिवालय वैठकले प्रम तथा पार्टी अध्यक्ष ओलीको उक्त संयन्त्र निर्माण तथा अनुमोदनको प्रस्ताव विना छलफल ‘ओके’ गरेको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण ऐतिहासिक तथा उपलब्धिपूर्ण रहेको भनी उक्त बैठकमा उच्च स्वरमा मूल्याङ्कन पनि गरिएको थियो । प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते मात्र बसेको पार्टी सचिवालय वैठक आधा महिनापछि बसेको थियो ।

सुरुमा पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जन र पारित गर्ने भनी बोलाइएको उक्त बैठकमा विकासे संयन्त्रको प्रस्ताव आएपछि सचिवालयका सदस्यहरु निशब्द बनेका थिए । ने क पा को सचिवालय नौ सदस्यीय रहेको छ ।

वैठकमा शिक्षा विधेयकमाथि छलफल गर्दै संसदमा यो बारेमा कुरा उठ्ने बित्तिकै मन्त्रीहरु कडीकडाउका साथ प्रतिपक्ष र गोबिन्द केसीका विरुद्धमा उत्रने ठेगान पनि भएको छ । सोही अनुरुप गृहमन्त्री बादलले बुधवार नै संसदमा जवाफ दिने क्रममा जुम्लामा अनसन बसेका डा. गोविन्द केसी अधिनायकवादी भएको बताएका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल आफ्नी जीवन संगिनी सीता दाहालको उपचारबाट दुई हप्ताहपछि आइतवार मात्रै फर्केका थिए । तर सोमबार नै उनी प्रधनमन्त्रीको ट्रयापमा परेका छन् । नेताहरुबीच कार्य विभाजन गरिने भनी प्रस्तावमा उल्लेख गरे पनि कार्य विभाजन नगरी प्रधानमन्त्रीले अधिकार आफैमा थुपार्न पुगेका छन् ।

पार्टीले सरकार चलाउने कि सरकारले पार्टी भनेर विवाद ने क पा को भित्रभित्रै भूसको आगो झैं सल्किए पनि बाहिर भने ओली बोल्ने बित्तिकै चूपचाप रहने गरेका छन् । यसअघि ओलीले गृह अन्तरगतका अनुसन्धान तथा अन्य अधिकारहरु पनि आफैमा केन्द्रित गरेका थिए ।