काठमाडौं, जेठ १५ । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।
यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए अनुसार यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी पास भए । यो कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाहित गर्न धेरै समय लगाउँदैन ।