काठमाडौं, असार १२ । नेपालमा पुरुष नर्सका लागि बाटो खुलेको छ । यो भन्दा अघि महिला मात्र नर्स हुने चलन थियो । नर्स भन्ने बित्तिकै महिला परिचारिकाको फोटो सबै नेपालीको नजरमा आउँछ ।
तर यो परिपाटी र चलनको अन्त्य हुँदै छ । नेपालमा रहेका कूल ८५ हजार नर्समध्ये १५ प्रतिशत कोटामा पुरुष नर्स राख्ने व्यवस्था गरिन थालिएको छ ।
विदेशमा नेपाली नर्सहरुको माग उच्च छ । त्यहाँ महिलाका साथै पुरुष नर्सहरुको पनि माग भइ आएको बताइन्छ । किन पुरुष नर्स त ? भन्ने प्रश्नको जवाफमा नर्सिङ काममा महिला र पुरुष दुवैको उत्तिकै महत्व छ ।
भनिन्छ– महिला विरामीका लागि महिला नर्स हुँदा जत्तिको सहज हुन्छ, पुरुष विरामीका लागि पुरुष नर्स हुँदा उत्तिकै सहज हुन जान्छ ।