वर्गदृष्टि मिडियाले ग¥यो समीक्षात्मक अन्तक्र्रिया (फोटोफिचर)

वर्गदृष्टि मिडियाले ग¥यो समीक्षात्मक अन्तक्र्रिया (फोटोफिचर)

काठमाडौं । वर्गदृष्टि मिडिया प्रा.लि.ले सोमबार समीक्षात्मक अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । प्रा.लि.द्वारा प्रकाशित वर्गदृष्टि साप्ताहिक १०० अंक प्रकाशित भएको अवसरमा आयोजित अन्तक्र्रिया काठमाडौंको घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तक्र्रियामा पाठक, समीक्षक, लेखक, स्तम्भकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । प्रा.लि.का अध्यक्ष रामसिंह श्रीसले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन पत्रिकाका सम्पादक इन्द्र राउतले गरेका थिए भने स्वागत मन्तव्य पत्रिकाका प्रधानसम्पादक कुमार शाहले राखेका थिए । फोटो पत्रकार जय दाहाल र प्रकाश भण्डारीले क्यामेरामा कैद गरेका दृश्यहरुलाई फोटोफिचरको रुपमा यहाँ प्रस्तुत गरिएको छ ।