काठमाडौं, असार ८ । विश्वकप २०१८ को निकै दाबेदार मानिएको लियोनल मेस्सीको टिम अर्जेन्टिनाले क्रोएशियासँग निकै लज्जास्पद हार व्यहोरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनालाई ३–० हराउँदै क्रोएशिया अन्तिम १६ मा प्रवेश गरिसकेको छ । यो सँगै क्रोएशिया अन्तिम १६ मा स्थान बनाउने चौथो टिम पनि हो ।
अहिले सम्मको स्थितिलाई हेर्दा अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना समूह ‘डी’ कै नाइजेरिया र आइसल्याण्डबीचको खेलले निर्धारण गर्ने देखिन्छ । समूह चरण अर्जेन्टिनाको यो १९५८ पछि कै ठूलो हार हो । जुनबेला अर्जेन्टिना चोकोस्लोभाकियासँग ६–१ गोलअन्तरले पराजित भएको थियो ।
क्रोएशियाको जितका लागि एन्टी रेबिक, लुका मोड्रिक र इभान रिकिटिकले गोल गरेका थिए । खेल अवधिभर दुबै टिमले निकै राम्रा अवसरहरु पाए तर क्रोएशियाको सामु अर्जेन्टिना निकै निरह रह्यो । यो अघि उरुग्वे, रसिया र फ्रान्स अन्तिम १६ मा पुगि सकेका छन् ।