फेरि भक्तपुरमा टिपरले ठक्करदिँदा स्कुटर चालकको मृत्यु

फेरि भक्तपुरमा टिपरले ठक्करदिँदा स्कुटर चालकको मृत्यु

भक्तपुर, असार ८ । आज बिहान करिब ५ः३० बजे मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि टिपरले स्कुटरलाई ठक्करदिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीका भनाइ अनुसार स्कुटर र टिपर एउटै दिशाबाट आइरहेको थियो तर टिपर एकदमै तीव्र गतिमा आएको र स्कुटरलाई पछाडिबाट ठक्कर दियो ।

घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए ।