गुल्मी । नेकपा (क्रान्तिकारी माओवादी) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले गर्जनको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । अबिरल, सृजना, तेन्जिङ, आबिसरकार, लेखक, मार्सल, बिसाल, बिकास, स्वबणी , सफल लगायतका सदस्य रहेका छन् ।
पार्टी केस शिशिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा देजमो नेपाल गुल्मीका अध्यक्ष केशब अधिकारी अबिरल, अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय कोषाध्यक्ष तेजकुमारी थापा, क्रान्तिकारी युवा लिग गुल्मीकी संयोजक प्रगती रानालगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्लाको सत्वती गापाको लुम्पेकमा सम्पन्न भेलाको सञ्चालन तेन्जिङले गरेका थिए भने स्वागत मन्तव्य विशालले राखेका थिए ।