क्रान्तिकारी माओवादी बर्दियाका जिल्ला नेता गौतमको निधन, पार्टीले दियो श्रद्धाञ्जली

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाका जिल्ला सदस्य तथा ४ नंं. एरियाका सेक्रेटरी विष्णुप्रसाद गौतमको उपचारको क्रममा निधन भएको छ । उहाँको २६ जेठमा कोहलपुर मेडिकल कलेजमा स्वास्थ्य उपचारको क्रममा निधन भएको हो । क्रान्तिकारी माओवादी बर्दियाले ४ असारमा एक वक्तव्य जारी गरी दिवंगत गौतमप्रति श्रद्धाञ्जली दिएको छ भने शोकसंतप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्र गरेको छ । पार्टी जिल्ला सचिव लोकेसले जारी गरेको शोकवक्तव्यमा उल्लेख गरिए अनुसार पार्टीले गौतमको सम्झानामा १ असारमा जिल्लाको राजापुरमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो । दिवंगत गौतमको २९ जेठमा जिल्लाको राजापुरस्थित कर्णालीघाटमा अन्त्यष्टी गरिएको छ ।

गौतमको जन्म २००७ माघ, ६ गते बाग्लुङको मल्कोट ताराखोलाहित गाविसको ३ वटा गुरुखेतमा भएको थियो । ०३६ सालदेखि तत्कालीन मसालबाट कम्युनिष्ट आन्दोलनमा लाग्नभएका गौतमले आफूलाई कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारमा आफूलाई उभ्याउदै आउनु भएको थियो । उहाँका एक श्रीमती, ४ छोरा, बुहारीहरु र नातिनातिनीहरु रहेका छन् ।