काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेटका बारेमा विरोध नगर्न पार्टी सम्बद्ध सांसदहरुलाई ठाडो निर्देशन दिएका छन् । बजेटबारे विरोध गर्ने अधिकार प्रतिपक्षी दलको भएको भन्दै सत्ता पक्षका सांसदहरुले सत्ता पक्षले नै प्रस्तुत गरेको बजेटको विरोध गर्न नहुने तर्क गर्दै सांसदहरुलाई सचेत गराए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

विनियोजित बजेट माथिको छलफलमा सत्तारुढ दलकै सांसदहरुले संघीय संसदमा विरोध जनाएपछि छलफल गर्न नेकपाले संसदीय दलको बैठक बोलाएको हो । मुलुकको आर्थिक पाटाहरु सुदृढ भएसँगै सांसदहरुले चाहेजस्तो बजेट आउने ओलीको दावी छ । विशेष परिस्थितिमा बजेट ल्याइएको भन्दै आलोचना नगर्न ओलीले बैठकमा पटक–पटक निर्देशन दिएको सहभागी एक सांसदले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर