स्कुटरलाई ठक्कर दिँदा जडिबुटीमा ट्रिपरमाथि आगजनी, सडक अबरुद्ध

प्रकाशित मिति : २०७५ जेष्ठ ३०

काठमाडौं, जेठ ३० । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेको छ । ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले ट्रिपरमाथि आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ । अहिले सो रुट अबरुद्ध भएको छ ।

प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ ।