महोत्तरी, जेठ ३० । यो वर्षको गर्मी सिजन क्रमिक रुपमा बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ ।
‘अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेको छन्’, महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजीव झाले बताए ।
सर्वसाधारण बिरामीको भनाई उद्धृत गर्दै डा. झाले भन्नुभयो, ‘जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्कने र खेतबारी, सडक र कच्ची घरमा प्राय बढी सर्पले दुःख दिने गरेको बताए ।’
अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उनले बताए । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी बढेको छ । जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा पर्ने गर्दछन् ।





























